Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • विपद
  • पर्यटन
  • संस्कृति
  • समाज
  • महिला
  • साहित्य
Menu

चीनकाे थप १६ लाख डोज खोप नेपाललाई अनुदान

नेवाः टाइम्स
July 16, 2021July 16, 2021
FacebookTweetLinkedIn

काठमाडाैं, १ साउन । छिमेकी देश चीनले थप १६ लाख डोज खोप नेपाललाई अनुदानमा दिने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार अाज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने जानकारी गराएकी हुन्। उनले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी दिएकी हुन्।

यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने नेपालले किनेको ४० लाख डोज खोपमध्ये ८ लाख डोज आइसकेको छ। प्रधानमन्त्री देउवा र राजदूत यान्छीबीच आज भएको भेटमा नेपाल-चीन सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राजदूत यान्छीले कोरोना महामारीविरूद्धको लडाइँमा नेपाललाई आफ्नो मुलुकको सहयोग जारी रहने बताएकी थिइन्। प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरेकाे पनि परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला सामग्री

  • किन राेकिएन बालविवाह ?
  • मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
  • नेवार समाजमा छोरी
  • हानिकारक प्रशोधित खानाको लतमा नेपाली
  • एकै हैनन् नेपाल संवत् र म्हपूजा 
  • वातावरण मैत्री भनिएको वायो इनर्जीको प्रभाव नकारात्मकः प्रतिवेदन
  • सत्यमोहन जोशीसँगका सम्झना
  • रहेनन् शताब्दी पुरूष सत्यमाेहन जाेशी
  • दसैंमा पशुबलि

सम्पादक : अमिका राजथला
प्रकाशक : इन्साइट पब्लिकेशन प्रा.लि., काठमाडाैं, नेपाल
इमेलः newatimes@yahoo.com

©2023 NewaTimes