Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • विपद
  • पर्यटन
  • संस्कृति
  • समाज
  • महिला
  • साहित्य
Menu

थपियाे काठमाडौं उपत्यकामा दश दिन निषेधाज्ञा

नेवाः टाइम्स
July 15, 2021July 15, 2021
FacebookTweetLinkedIn

काठमाडौं ३१असार । काठमाडौं उपत्यकामा ७७ अाैं दिनदेखि जारी निषेधाज्ञा थप १० दिन लम्ब्याइएको छ। काेविड १९ संक्रमणकाे दाेस्राे चरणमा १० दिन लकडाउन थप गरिएकाे हाे । अाज काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले भोलिदेखि १० गते सम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

काठमाडौं जिल्ला प्रशासनको आदेश अनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै समयमा पनि सञ्चालन गर्न पाउनेछन्। त्यसबाहेकका पसलहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन्। तर सबैले अनिवार्य रूपमा स्वास्थ्य मापदण्डहरूको पालना गर्नुपर्ने आदेशमा भनिएको छ। रेष्टुरेन्ट तथा फास्टफुडको हकमा टेक अवे र होम डेलिभरी सेवा मात्रै सञ्चालन गर्न अनुमति दिएको छ। सो सेवा साँझ सात बजे सम्ममात्रै सञ्चालन गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधनहरूले स्वीकृत सिट क्षमता भन्दा बढी नहुनेगरी सञ्चालन गर्न पाइनेछन्। यस्तै निर्माण सामग्री ढुवानीका गाडीहरू बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाईनेछ । अत्यावश्यक काम विशेषले उपत्यका भित्र प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई चल्न दिने अनुमति प्रशासनले गरेको छ। यद्यपी उपत्यकाबाट बाहिरिने र भित्रने लामो दूरीका सवारीसाधान चलाउन नपाइने भएको छ। उपत्यकामा अधिकांश सवारी साधन चलेपछि उपत्यका बाहिरका लामाे दूरीका सवारी साधन पनि चल्ने अनुमान गरिएकाे थियाे ।

यस्तै, परीक्षा सञ्चालनकाे हकमा भाैतिक दूरी कायम गरेर, सुरक्षा मापदण्डअनुसार २५ जनाभन्दा बढी हलमा नराखी सञ्चालन गर्नुपर्ने विज्ञप्तिमा जनाईएकाे छ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला सामग्री

  • किन राेकिएन बालविवाह ?
  • मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
  • नेवार समाजमा छोरी
  • हानिकारक प्रशोधित खानाको लतमा नेपाली
  • एकै हैनन् नेपाल संवत् र म्हपूजा 
  • वातावरण मैत्री भनिएको वायो इनर्जीको प्रभाव नकारात्मकः प्रतिवेदन
  • सत्यमोहन जोशीसँगका सम्झना
  • रहेनन् शताब्दी पुरूष सत्यमाेहन जाेशी
  • दसैंमा पशुबलि

सम्पादक : अमिका राजथला
प्रकाशक : इन्साइट पब्लिकेशन प्रा.लि., काठमाडाैं, नेपाल
इमेलः newatimes@yahoo.com

©2023 NewaTimes