Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • विपद
  • पर्यटन
  • संस्कृति
  • समाज
  • महिला
  • साहित्य
Menu

यही वर्ष सबैलाई खाेप

नेवाः टाइम्स
July 14, 2021July 14, 2021
FacebookTweetLinkedIn

काठमाडौं, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठकले चैत्र महिना तथा यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको छ।बैठकले असाेज मसान्तसम्ममा एक तिहाई नागरिकलाई खाेप दिलाउने निर्णय गरेकाे छ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट हिजाे बेलुकी पद तथा गोपनीयताको सपथग्रहण गरेपछि सिंहदरबारमा देउवा सरकारको पाँच सदस्यीय पहिलो मन्त्रिपरिषद बैठक बसेको थियो। मन्त्रिपरिषद बैठकले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ।

पहिलो बैठकले कोरोनाविरूद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भक्ता एक साताभित्र उपलब्ध गराउने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ। यस्तै,कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने भएको छ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा हालसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने र कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न एक साताभित्र विशेष प्याकेज ल्याउने सरकारकाे तयारी छ ।

विकास निर्माणको कामलाई तीव्रता दिने, अर्थ अभाव हुन नदिने, राष्ट्रिय हितलाई सर्वोपरी राखी छिमेकी मित्रराष्ट्र लगायत सबै मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ-संस्थाहरूसँगको सम्बन्ध र सहकार्यलाई थप सदृढ बनाउँदै जाने सरकारको योजना रहेकाे छ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला सामग्री

  • किन राेकिएन बालविवाह ?
  • मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
  • नेवार समाजमा छोरी
  • हानिकारक प्रशोधित खानाको लतमा नेपाली
  • एकै हैनन् नेपाल संवत् र म्हपूजा 
  • वातावरण मैत्री भनिएको वायो इनर्जीको प्रभाव नकारात्मकः प्रतिवेदन
  • सत्यमोहन जोशीसँगका सम्झना
  • रहेनन् शताब्दी पुरूष सत्यमाेहन जाेशी
  • दसैंमा पशुबलि

सम्पादक : अमिका राजथला
प्रकाशक : इन्साइट पब्लिकेशन प्रा.लि., काठमाडाैं, नेपाल
इमेलः newatimes@yahoo.com

©2023 NewaTimes