Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • विपद
  • पर्यटन
  • संस्कृति
  • समाज
  • महिला
  • साहित्य
Menu

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त

नेवाः टाइम्स
July 13, 2021July 13, 2021
FacebookTweetLinkedIn

काठमाडौं, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गरेकी छन् । सर्वोच्च अदालतले २८ घण्टाभित्र प्रधानमन्त्रीकाे पदमा नियुक्त गर्न परमादेश जारी गरेकाे एक घण्टाअघि अाज दिउँसाे चार बजे राष्ट्रपति कार्यालयले विज्ञप्ति निकाली साे नियुक्तिकाे जानकारी दिएकाे थियाे ।

तत्कालीन प्रम केपी शर्मा अाेलीकाे सिफारिसमा विघटन गरिएकाे संसद सर्वाेच्च अदालतले साेमवार विहान पुनर्थापना गर्दै प्रधानमन्त्री पदमा देउवालाइर् नियुक्त गर्न परमादेश दिएकाे थियाे । संसद विघटनअघि देउवा १४९ सांसदकाे समर्थनसहित सरकार गठनका लागि राष्ट्रपति कार्यालय पुगेका थिए तर राष्ट्रपतिले अस्वीकृत गर्नुका साथै संसद विघटन गरी प्रधानमन्त्री पदमा केपी शर्मा अाेलीलाइ नै नियुक्त गरेका थिए । यस घटनाका विरूद्ध कानूनी उपचारका लागि देउवा सर्वाेच्च अदालत गएका थिए ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ताद्वारा जारी विज्ञप्तिमा ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/०३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ’ भनी उल्लेख गरिएकाे छ ।

संविधानकाे कुुन धाराअनुसार प्रधानमन्त्री पदमा शेरबहादुर शेरबहादुर देउवा नियुक्त भएकाे कुरा उल्लेख छैन । सामान्यतः नियुक्त गर्दा साे कुराकाे उल्लेख गर्ने चलन छ । यसकाे विपरित राष्ट्रपति कार्यालयले विज्ञप्तीमा सर्वाेच्च अदातलकाे फैसलाबमाेजिम नियुक्त गरिएकाे उल्लेख छ । देउवाले १४९ सांसदकाे समर्थनसहित संविधानकाे धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गरेका थिए । जसलाई राष्ट्रपतिले अस्वीकृत गरेपछि अदालत गएका थिए ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र एमाले नेताहरुले देउवालाइ ‘जनादेशबाट नभएर, परमादेशबाट नियुक्त प्रधानमन्त्री’ भनेका छन् ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला सामग्री

  • किन राेकिएन बालविवाह ?
  • मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
  • नेवार समाजमा छोरी
  • हानिकारक प्रशोधित खानाको लतमा नेपाली
  • एकै हैनन् नेपाल संवत् र म्हपूजा 
  • वातावरण मैत्री भनिएको वायो इनर्जीको प्रभाव नकारात्मकः प्रतिवेदन
  • सत्यमोहन जोशीसँगका सम्झना
  • रहेनन् शताब्दी पुरूष सत्यमाेहन जाेशी
  • दसैंमा पशुबलि

सम्पादक : अमिका राजथला
प्रकाशक : इन्साइट पब्लिकेशन प्रा.लि., काठमाडाैं, नेपाल
इमेलः newatimes@yahoo.com

©2023 NewaTimes