Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

खोपकाे विषयमा दुविधामा पर्नै हुँदैन

नेवाः टाइम्स
July 12, 2021July 12, 2021
FacebookTweetLinkedIn

स्मार्ट लकडाउन शुरु भएपछि काठमाडौंमा भीड बढ्न थालेको छ । खुल्ने वित्तिकै भोजभतेर, जमघट हुन थालेको छ । यसले कोविड-१९ संक्रमणलाई बढावा दिएको छ । अधिकांश सार्वजनिक क्षेत्रमा बढेको भीड संगै कोविड संक्रमितको संख्या पनि बढेको छ । यही अवस्था रहने हो भने कोविड संक्रमणका थुप्रै चरणहरू हामीले भोग्नुपर्ने हुन सक्छ ।

कोविडसँग जुझ्न खोप प्रमुख रोकथामको माध्यम हो । खोप लगाएका व्यक्तिमा कोविड संक्रमणको कम जोखिम रहेको कुरा विभिन्न तथ्य तथा तथ्यांकले नै देखाईसकेको छ । अर्थात, खोप लगाएका तुलनामा खोप नलगाएका व्यक्तिहरूमा फोक्सोको संक्रमण बढी असर गरेको देखिएको र मृत्यु दर पनि बढी भएको विभिन्न घटनाक्रमले स्पष्ट पारेको छ । हुनत खोपको प्रभावकारता ७० प्रतिशत मात्र रहेको र ३० प्रतिशत जोखिम रहेको बताइन्छ ।

यद्यपि विभिन्न अनुसन्धानले खोप लगाएका व्यक्तिलाई कम लक्षण देखिने, कम सिकिस्त तुल्याउने, होम आइसोलेशनबाटै पनि निको हुन सक्ने देखिएको छ । खोप नलगाएका व्यक्तिहरूमा खतरा पनि बढी र मृत्यु दर पनि कम देखियो । त्यसैले पनि सरकारले सम्पूणर् नेपाली जनताका लागि खोप व्यवस्था गरिनु पर्छ र नागरिकले पनि सरकारलाई खोपको व्यवस्था गर्न घच्घच्याईरहनु पर्दछ ।

यो कोविड महामारीको बेलामा क्यान्सर रोगीको उपचार सहज भएन । थुपै विरामीहरू अन्तिम चरणमा आउँने हुँदा उनीहरूको लागि यो समय ज्यादै नै खत्रापूणर् रह्यो । यो कोविड-१९ महामारीले क्यान्सर रोगको उपचार पद्दति र सफलतम नतिजाको दर झण्डै २०-३० वर्ष पछाडि धकेलिएको छ । थुप्रै जना क्यान्सरका विरामी विभिन्न चरणमा होलान् तर महामारीकै कारण सम्भावित क्यान्सरका विरामीको स्क्रिनिङ गरिएको छैन, समुदाय स्तरमा तथा केन्द्रमा पनि । सम्भावित क्यान्सरका विरामी पत्ता लगाउने पद्दति स्क्रिनिङलाई प्रोत्साहन पनि गरिएन ।

पहिलो चरण तथा लडकडाउनको लगत्तै कामका लागि चितवन जाँदा आफूले मास्क लगाएर गएको थिएँ तर ‘यहाँ त कोविड छैन किन मास्क लगाएको होला ?’ भने जसरी मलाई अनौठो रुपमा हेरे । हुनत लाखौं जनताले खोप लिइसकेका छन्, तर पनि अहिले पनि खतरा टरेको छैन, खतरा धेरै नै छ । कोविड संक्रमण विरुद्धको सुरक्षाको मापदण्ड त्याग्नै हुन्न ।

खोपको प्रयोग गरिनुपर्छ, खोप लिने नलिने विषयमा दुविधामा पर्नै हुँदैन । खोप तीन वटा अध्ययनको चरण पार गरेपछि मात्र मानवमा प्रयोग हुन्छ । खोपको विश्वसनीयता, विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार तयार गरिएको, नेपाल सर्कारको स्वास्थ्यसम्बन्धी निकायले अध्ययन गरेर मात्र देशमा प्रयोगका लागि अनुमति दिने कारणले गर्दा पनि दुविधा र शंका गरिरहन जरुरी छैन । नेपालमा प्रयोग भएका खोप भारतको कोभिशिल्ड तथा चीनको भेरोशिल्ड दुबै अत्यन्त प्रभावकारी छन् ।

खोपको साइड इफेक्ट नेपालमा अत्यन्त कम छ । घातक रुपमैं असर गरिएको घटना खासै पाइएको छैन । नेपालमा हेल्थ रिसर्च काउन्सिलले यसको बारेमा अध्ययन पनि गरिरहेको छ । कोविड संक्रमणबाट हुने जटिलता तथा कोविड संक्रमणका कारण हुने सकसपूणर् मृत्युबाट जोगिनका लागि पनि खोप लिनु अति आवश्यक छ । सरकारले खोप ल्याइदिनु पर्‍यो, जनताले प्रयोग गरिदिनु पर्‍यो । समाज, देश र विश्वलाई सुरक्षित बनाउँनको लागि पनि खोप लगाउँन जरुरी छ ।

नेपालमा केही महिनादेखि सीमित मात्रामा भए पनि खोप उपलब्ध भयो । विकसित मलुकले अविकसित मुलुकलाई किन हार्दिकतासाथ खोप दिइरहेका छन् त भन्ने प्रश्न आउला । अविकसित मुलुकले खोप बनाउन नसक्दैमा र खरिद गर्न नसक्दैमा खोप नपाउँने हो भने विश्वका सम्पन्न र खोप पाएका मुलुक पनि सुरक्षित नहुने हुँदा पनि भ्याक्सिन दिइरहेका छन् । संसारलाई नै सुरक्षित गर्ने हो भने खोप लगाउन प्रोत्साहित गरिनु पर्छ । खोपका विरुद्ध फैलिएका भ्रमहरू घातक हुन सक्छ, त्यसैले हामी सचेत भएर खोप लगाउनु पर्छ ।
कोविड संक्रमणको दोस्रो वेभमा देखिएको डेल्टा भेरियन्टले भारत, बेलायतलगायत धेरै देश आक्रान्त भए । नेपालमा पनि भाइरसले स्वरुप परिवर्तन गरेको नुवाकोट, स्याङ्जा र गोरखाको डेल्टाको नयाँ भेरियन्ट पाइएको छ । भाइरसले जति स्वरुप परिवर्तन गरे पनि त्यसको रोकथाम गर्ने भ्याक्सिनले नै हो ।\

(प्राथमिक स्वास्थ्य सेवा केन्द्रद्वारा आयोजित ‘कोविड-१९ रोकथाम र नियन्त्रणमा समुदायको भूमिका’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा. जितेन्द्र परियारद्वारा व्यक्त विचारको संक्षेपीकरण ।)

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ
  • नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे प्रष्टाेक्ति
  • नेपाल वायु प्रदुषणकाे उच्च जाेखिममा
  • पैसा र पदको लागि राजनीति गरेको होइन: स्नेहलता ओनं श्रेष्ठ
  • सहभागितामूलक पुनर्लाभ दिग्दर्शनका लागि छलफल
  • चन्द्रमा बारे १० रोचक तथ्य
  • सप्तकोशी नदी चतरामा सतर्कता तह नजिक

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes