Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

लाइन्सको विपद व्यवस्थापन तालिम

नेवाः टाइम्स
July 8, 2021July 8, 2021
FacebookTweetLinkedIn

काठमाडाैं, २४ जेठ । लाइन्स क्लव अफ काठमाडौं सिम्रिकको आयोजनामा विपद व्यवस्थाप तालिम सम्पन्न भएको छ । गोकर्ण स्थित वर्ल्ड युथ इन्टरनेसनल स्कुलको प्राङगणमा भूकम्प, आगलागी, बाढी पहिरो जस्ता विपतीमा परेकाहरुको उद्दार तथा प्राथमिक उपाचार विधीको बारेमा सीप सिकाइएको थियो ।

लियो क्लव तथा गोकर्णेश्वर र नेसलन ओपन स्काउट क्र्यू रोभर-रेञ्जरहरुको सहभागीता रहेको तालिम दलको नेतृत्व डा. प्रणव कर्माचार्यले गर्नुभएको थियो । तालिममा स्काउट लिडर सुरज खनाल, विदुर गिरी, मलिना महर्जन, प्रसिल प्रधान, राजकुमार थापा, अस्मिता श्रेष्ठ, राम श्रेष्ठ, मेहेक खातुन गुरुङ र हिना श्रेष्ठले तालिम दलमा रहेर प्रशिक्षण दिएका थिए ।

तालिम समापन कार्यक्रममा लाइन्स क्लब इन्टरनेसन डिष्ट्रिक ३२५ ए १ का गर्भनर रेवतबहादुर कार्कीले तालिमले लाइन्सको समाजसेवाको उद्देश्यमा थप प्राविधिक जनशक्तीले सु–शोभित भएको भन्दै खुशी व्यक्त गर्नु भयो । क्लव सिम्रिकको मातहतमा रहने सो तालिम प्राप्त युवाहरुको समूहलाई ‘स्मार्ट विपद व्यवस्थापन समूह’ नामकरण गरिएको छ । स्मार्टलाई विपद व्यवस्थापनमा आवश्यक पर्ने सामाग्री डिष्ट्रिक ३२५ ए १ को तर्फबाट सक्दो सहयोग गर्ने गर्भनर कार्कीले प्रतिवद्धता समेत जाहेर गर्नु भयो । कार्यक्रममा लाइन्स क्लब इन्टरनेसन डिष्ट्रिक ३२५ ए १ का प्रथम भाइस गर्भनर कर्म गुरुङ लगायत लाइन्स तथा स्काउटका लिडरहरुको समेत उपस्थिती रहेको थियो ।

पाँच दिनसम्म सञ्चालन भएको तातिममा ३२ जना लाइन्स तथा स्काउट रोभर÷रेञ्जरहरुको सहभागिता रहेको थियो । सो मध्य २२ जना तालिममा उतीर्ण भएका थिए । सहभागीहरुले तालिममा आफुले सिकेका ज्ञानको प्रदर्शन समेत गरेका थिए ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ
  • नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे प्रष्टाेक्ति
  • नेपाल वायु प्रदुषणकाे उच्च जाेखिममा
  • पैसा र पदको लागि राजनीति गरेको होइन: स्नेहलता ओनं श्रेष्ठ
  • सहभागितामूलक पुनर्लाभ दिग्दर्शनका लागि छलफल
  • चन्द्रमा बारे १० रोचक तथ्य
  • सप्तकोशी नदी चतरामा सतर्कता तह नजिक

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes