Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

विश्व नेवाः हाजिरीजवाफ प्रतियोगिता हुने

नेवाः टाइम्स
July 7, 2021August 23, 2021
FacebookTweetLinkedIn

काठमाडाैं, २३ असार । विश्वका कुनाकाप्चामा छरिएर रहेका नेवाः समुदायलाई एकीकृत बनाउने उद्देश्यले दश वर्ष अगाडि स्थापित वर्ल्ड नेवाः अर्गनाइजेसनले आफ्नो स्थापना दिवसका सन्दर्भमा पहिलो पटक ‘हलिं नेवाः न्ह्यसः लिसः कासा ११४१’ (वर्ल्ड नेवाः क्वीज कन्टेष्ट-२०२१) आयोजना गर्न लागेको छ । संस्था यही ५ साउन एक दशक पूरा हुँदैछ ।

वल्र्ड नेवाः अर्गनाइजेशनको प्रचारप्रसार समितिका संयोजक रश्मिला प्रजापतिद्वारा जारी विज्ञप्तीअनुसार प्रतियोगितामा नेपाललगायत विश्वका अन्य देशमा १२ कक्षा (१८ वर्ष) सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन् । जूम अनलाइनको माध्यमबाट हुने यस प्रतियोगितमा भाग लिन ३ जना प्रतियोगिको एक समूह हुनुपर्नेछ । प्रत्येक टोलीमा एक जना छात्राको सहभागिता अनिवार्य हुनु गरिएको छ । प्रतियोगितामा नेवाः समुदाय मात्र नभई नेपालभाषा बोल्न जान्ने वा नेवाः सम्बन्धी जानकारी राख्ने जुनसुकै समुदायका विद्यार्थी पनि सहभागि हुन सक्नेछन् ।

विज्ञप्तीअनुसार प्रतियोगितामा सहभागि हुन चाहने विद्यार्थीले वर्ल्ड नेवाः अर्गनाइजेसनको वेबसाइट https://www.worldnewah.org मा गएर यही आउने साउन १६ गते (जुलाई ३१ तारिख) सम्ममा फाराम भरिसक्नु पर्नेछ । प्रतियोगिताया जम्मा ३२ टोलीलाई मात्र सहभागि गराईनेछ । सहभागि टोलीलाई समूह विभाजन गरि प्रत्येक समूहमा चार चार वटा टोली संलग्न गराईनेछ ।

प्रतियोगिताको फाइनलमा पहिलो, दोश्रो, तेश्रो र सान्त्वनालाई क्रमशः ६०० अमेरिकी डलर, ४०० अमेरिकी डलर ३०० अमेरिकी डलर र १५० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ । साथै समूह चरणया उत्कृष्ट हुनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

नेपालका विविध जात, जाति, समुदायमध्ये आफ्नै अलग पहिचान बोकेको जाति हो नेवाः । नेपालको तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा परिचय फैलाउने जातिको रुपमा रहेको नेवाः समुदाय आज विश्वका हरेक देशमा छरिएर रहेका छन् ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes