Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु

नेवाः टाइम्स
September 15, 2023
FacebookTweetLinkedIn

भदौ २९, काठमाडौं । लिबियाको पूर्वी क्षेत्रस्थित मरुभूमि सहर देरनामा आइतबार आएको आँधीका कारण धेरै मानिसको शव फेला परेको छ । ड्यानियल नामको आँधीले त्यहाँ धेरै नाेक्सान पनि गरेकाे छ ।

देरनाकाे जनसंख्या दुई लाख रहेकाेमा १८ हजार देखि २० हजारकाे मृत्युु भएकाे हुनसक्ने स्थानीय मेयरले बताएका छन् भने एपीकाे समाचार अनुसार ११ हजार तीन सयकाे मृत्युु भएकाे छ । बिबिसीले पनि समुद्री आँधीका कारण आएको भीषण वर्षाका कारण देरनामा दुईवटा बाँध भत्किएपछि आएको विनाशकारी बाढीका कारण अहिलेसम्म लिबियामा ११,००० जनाभन्दा बढीको ज्यान गइसकेको उल्लेख गरेकाे छ।
यस्तै हजारौं मानिस हराएकाे स्थानीयले बताएका छन् । मृतकको सङ्ख्या अझै ठूलो सङ्ख्याले बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। हालसम्म कम्तिमा १० हजार मानिस बेपत्ता भएको राष्ट्रसंघको भनाइ छ ।

आँधीका कारण आएको भयानक बाढीले उक्त विध्वंस मच्चाएको हो । तुफानका कारण आएको बाढीले बाँध समेत भत्काएको थियो । बाँध भत्किएसँगै सहर तथा गाउँमा समेत बाढी पसेर तहस नहस बनाएको छ ।

बाढीले देरनाको तल्लो तटीय इलाका पूर्णरुपमा ध्वस्त भएको छ । त्यहाँका सबै भौतिक संरचनालाई बाढीले बगाएको छ । चारैतर्फ हिलो तथा फोहोर फैलिएको छ । सहरमा रहेको एउटा नदी समेत बाढीको हिलोमा पुरिएर हराएको बताइएको छ ।

सुरुमा बाढीका कारण नदीको जलस्तर बढेको थियो । पछि किनारामा रहेका भवनहरु नदीमा खसे । बाढीमा आएको हिलो, ढुंगा तथा माटोसँगै अन्य विभिन्न खाले फोहोरका साथै भत्किएका भवनहरुले नदीको बहाव रोकिदिए । नदीको चारैतर्फ हिलोले पुरिएसँगै नदी नै बेपत्ता हुन पुग्यो ।

लिबियाको सरकारी मौसम विभागले ड्यानियल तुफानको चेतावनी ७२ घण्टा अगाडि नै दिइएको जनाएको छ । स्थानीय मानिसहरुलाई सुरक्षित स्थानमा जान भनिएको भएपनि सहरबासीले नटेर्दा ठूलो धनजनको क्षति भएको दाबी सरकारको छ ।

आइतबार देखि सोमबारको बीचमा त्यहाँ ४१४.१० मिलिमिटर पानी परेको थियो । राजनीतिक तथा प्रशासनिक रुपमा कमजोर अवस्थामा रहेको लिबियामा भूमध्यसागरमा आएको ड्यानियल तुफान इतिहासकै भयानक भएको बताइएको छ ।

समुद्रको पानीले बाढीको रुप लिएर सहरमा छिरेको थियो । जसका कारण बाँध र पुलहरु भत्किएका थिए । डेनियल तुफानलाई मेडिकेन पनि भनिन्छ । लिबियाको राजनीतिक अवस्था यस्तो छ कि त्यहाँ विद्रोही सरकारले शासन गरिरहेको छ ।

एकातर्फ पूर्वी तटीय क्षेत्रतिर र अर्कोतर्फ पश्चिमी क्षेत्रमा । त्यसैले पनि लिबियाको भौतिक पूर्वाधारमा कसैले पनि ध्यान दिन सकेको छैन । तुफानले तहसनहस भएको देरना क्षेत्रमा बल्ल बाह्य सहयोग पुग्न थालेको बताइएको छ ।

लिबियामा त्यस्तो तिब्र तुफान कहिल्यैपनि नआएको र यसका लागि जलवायु परिवर्तन कारक रहेको बताइएको छ । 

बिबिसीका अनुसार लिबियास्थित नेपाली सेनाको गार्ड मिशनका महासेनानी भाइकाजी थापाले डेर्ना आसपासको क्षेत्रमा मानवीय सहयोग गर्ने सामर्थ्य आफूहरूमा भएको बताएका छन्।

“हामीसँग त्यो क्षमता छ। हामी त्यसमा राम्रोसँग तालिमप्राप्त पनि छौँ। तर हाम्रो आफ्नै क्षेत्राधिकार छ। हामीलाई अनुरोध भएको खण्डमा हाम्रा फौजहरू र चिकित्सकहरूको टोली सबै तयार गरेर राखेका छौँ, उनले भने, “कुनै पनि बेला जान सक्ने गरी हामीसँग स्रोतसाधन र जनशक्ति तम्तयार अवस्थामा राखेका छौँ।”

महासेनानी थापा भन्छन्, “बाढी आएको ठाउँ हामी बसेको ठाउँबाट पूर्वमा पर्छ। त्यहाँको सरकार अलग्गै छ र यहाँको सरकार अलग्गै छ। हामी पश्चिममा राष्ट्रसङ्घको मुख्यालय भएको ठाउँमा छौँ। त्यहाँ जान हामीलाई अलग्गै अनुमति लिनुपर्छ।”

दुई पक्षबीच मिलाप नरहेकाले उक्त क्षेत्रमा आवतजावत र सहयोग आदानप्रदानमा समस्या रहेको भन्दै उनले थपे, “उताको सरकारले पनि सहयोग चाहियो भनेको छैन। चाहियो भनेको खण्डमा हामी तयार नै छौँ।”

उनका अनुसार इजिप्ट, टर्कीलगायत मैत्री सम्बन्ध भएका कतिपय विदेशी सेना भने उक्त क्षेत्रमा उद्धारका लागि पुगेका छन्।

एजेन्सीको सहयोगमा

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes