भदौ २९, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले दक्षिणकाली नगरपालिका, फर्पिङमा रहेको शिखरापुर क्याम्पसमा स्नातक तह बिए, विविएस र विएड संकायमा अध्ययनरत विद्यार्थीहरूलाई भ्रष्टाचार न्यूनीकरण, जवाफदेहिता र सदाचार प्रवर्द्धनको साथै निर्वाचनमा युवाको भूमिका सम्बन्धमा आज एक अभिमुखिकरण तालिम कार्यक्रमको आयाेजना गर्याे ।
प्राध्यापक रामाकृष्ण रेग्मीबाट दिईएकाे अभिमुखिकरण कार्यक्रममा करिव ६५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा सहभागीहरूले उपभोक्ता समिति मार्फत हुने गरेको भ्रष्टाचार, सरकारी परियोजनाहरूमा सरकारी कर्मचारीहरूबाट हुने भ्रष्टाचार, निर्वाचन तथा पत्रकारितामा हुने भ्रष्टाचार न्यूनीकरणका लागि के गर्न सकिन्छ जस्ता विषयहरू उठाउएका थिए।
सहभागीहरूले उठाएकाे विषयमा प्राध्यापक रामकृष्ण रेग्मीले भ्रष्टाचार न्यूनीकरणको लागि सबैभन्दा पहिले आफू नै सधैं सचेत हुने र त्यस्ता कार्य भए गरेको देखेमा आवाज उठाउने प्रवृत्तिको विकास गर्नको लागि प्रोत्साहित गर्नु पर्ने बताएका थिए ।
