Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

चन्द्रमा बारे १० रोचक तथ्य

नेवाः टाइम्स
August 28, 2023
FacebookTweetLinkedIn

भदाै ११, काठमाडौं । भारतीय अन्तरीक्ष एजेन्सी इसरोको चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेर विश्व कीर्तिमान कायम गरेको छ । साथै चन्द्रमामा पुग्ने भारत विश्वको चौथो देशसमेत बनेको छ ।

चन्द्रयान–३ ले चन्द्रमाको थप अनुसन्धान गरेर नवीन तथ्यहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह चन्द्रमा एक प्रकारले रहस्यले भरिएको छ । यसका विभिन्न पहलुहरु छन्, जसका बारेमा वैज्ञानिकहरुले खोज अनुसन्धान गरिरहेका छन् ।

चन्द्रमाबारे पत्ता लागेका १० रोचक तथ्य यस्ता छन्-

१. गोलो छैन चन्द्रमा : पूर्णिमाको रातमा चन्द्रमा पूर्णरुपमा गोलाकार देखिन्छ । तर वास्तवमा एक उपग्रहको रुपमा चन्द्रमा पूर्णरुपमा गोलो नभई अण्डाकार छ । यस्तोमा जब तपाईं चन्द्रमातर्फ हेर्नुहुन्छ यसको केहीमात्रै हिस्सा देखिन्छ । चन्द्रमा गोलो नभएका कारणले यसको भार पनि उसको ज्यामितीय केन्द्रमा छैन । यो आफ्नो जामितीय केन्द्रबाट १.२ माइल टाढा छ ।
२. कहिल्यै पूरा देखिँदैन चन्द्रमा : चन्द्रमा जति नै देखिए पनि त्यसको अधिकतम ५९ प्रतिशत भागमात्रै पृथ्वीबाट देखिन्छ । यसको ४१ प्रतिशत भाग पृथ्वीबाट देखिँदैन । यदि तपाईं चन्द्रमामा गएर त्यो ४१ प्रतिशत भूभागवाला हिस्सामा उभिनुभयो भने त्यहाँबाट पृथ्वी देखिँदैन ।

३. ज्वालामुखी विस्फोटन र ब्लू मूनबीच सम्बन्ध : चन्द्रमासँग सम्बन्धित ब्लू मून शव्द सन् १८८३ मा इण्डोनेसियाको क्राकातोआ टापुमा भएको ज्वालामुखी विस्फोटनपछि प्रयोगमा आएको हो । यसलाई पृथ्वीको इतिहासको सबैभन्दा भीषण ज्वालामुखी भनिन्छ । उक्त विस्फोटनको आवाज पश्चिमी अष्ट्रेलियास्थित पर्थ सहर तथा मौरिसससम्मै सुनिएको बताइन्छ । सो ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा यति धेरै खरानी फैलियो कि रातमा चन्द्रमा पनि निलो देखिन थाल्यो । त्यसबाटै ‘ब्लू मून’ अर्थात् नीलो चन्द्रमा शव्द प्रचलनमा आयो ।

४. चन्द्रमामा ज्वालामुखी विस्फोटन : एक समय यस्तो पनि थियो जब अमेरिकाले चन्द्रमामा परमाणु हतियार प्रयोगका बारेमा गम्भीरतापूर्वक विचार गरिरहेको थियो । उसको उद्देश्य सोभियत संघलाई अमेरिकी सैन्य शक्तिका बारेमा जानकारी दिनु थियो ताकि सोभियत संघलाई दबाब दिन सकियोस् । सो गोप्य परियोजनाको नाम ‘अ स्टडी अफ लूनार रिसर्च फ्लाइट्स’ अर्थात् ‘प्रोजेक्ट ए ११९’ थियो ।

५. चन्द्रमामा गहिरा खाडल : वैज्ञानिकहरुका अनुसार चन्द्रमामा हावा छैन । साथै त्यहाँ ठूला खाडलहरु छन् । वैज्ञानिकहरुका अनुसार ‘इम्प्याक्ट क्रेटर’ नामक भिमकाय खाडल चार अर्ब वर्ष पहिले आकाशीय पिण्डहरुको टक्करका कारण सिर्जना भएको थियो ।
६. पृथ्वीको गतिलाई कम गर्दैछ चन्द्रमा : चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक भएको अवस्थालाई पेरिग्री भनिन्छ । त्यसक्रममा ज्वारभाटाको स्तर पनि सामान्य भन्दा अधिक हुनछ । त्यसक्रममा चन्द्रमाले पृथ्वीको परिक्रमण शक्तिलाई पनि कम गर्दछ । जसका कारणले नै पृथ्वी हरेक एक शताब्दीमा १.५ मिलिसेकेण्डले सुस्त बन्दै गएको छ ।

७. चन्द्रमाको प्रकाश : पूर्णिमाको चन्द्रमाको तुलनामा सूर्य १४ गुणा धेरै चम्किलो हुन्छ । त्यस्तै एउटा सूर्यले दिने बराबरको प्रकाश प्राप्त गर्नका लागि ३ लाख ९८ हजार ११० वटा पूर्ण चन्द्रमा आवश्यक पर्दछ । चन्द्रग्रहण लागेर चन्द्रमामा पृथ्वीको छायाँ पर्दा चन्द्रमाको सतहको तापक्रम निकै तल झर्दछ । यो प्रक्रियामा ९० मिनेटभन्दा पनि कम समय लाग्दछ ।

८. लियोनार्दो दा भिन्चीको खोज : कहिलेकाहीँ चन्द्रमा एउटा आधा औँठीजस्तो पनि देखिन्छ । यसलाई अर्धचन्द्र वा बालचन्द्र पनि भनिन्छ । त्यसबेला चन्द्रमामा सूर्यजस्तै केही चमक देख्न सकिन्छ । चन्द्रमाको अरु हिस्सा कमै देखिन्छ । यतिसम्म कि यसलाई नगन्य मान्न सकिन्छ र केही देखिने कुरा पनि  मौसममा निर्भर गर्दछ । ज्ञान इतिहासमा लियोनार्दो दा भिन्चीले नै चन्द्रकलाको विषयमा पत्ता लगाएका थिए । चन्द्रमा खुम्चिने र फैलिने गरेको नभई यसको केही हिस्सामा केबल हाम्रो नजरबाट ओझेल हुने गरेको उनले पत्ता लगाएका थिए ।

९. चन्द्रमाका खाडलको नाम कसले तय गर्दछ ? : अन्तराष्ट्रिय खगोलविज्ञान संघले केवल चन्द्रमाका खाडलमात्रै होइन कुनै पनि अन्य खगोलीय चिजहरुको नामकरण गर्दछ । चन्द्रमामा विस्फोटबाट बनेका खाडल अर्थात् क्रेटरहरुको नाम चीर परिचित वैज्ञानिक, कलाकार तथा अन्वेषकहरुको नामबाट राखिएको हुनछ ।

एपोलो क्रेटर तथा मेयर मस्कोभिन्स नजिकको क्रेटरका नाम अमेरिकी तथा रुसी अन्तरीक्षयात्रीहरुको नामबाट राखिएको छ । मेयर मस्कोभिन्स चन्द्रमाको त्यो क्षेत्र हो जसलाई चन्द्रमाको सागरीय क्षेत्र भनिन्छ । वास्तवमा चन्द्रमाका यस्ता धेरै तथ्यहरु छन् जसका बारेमा मानिसलाई थाहा नै छैन । एरिजोनास्थित लवेल अब्जरभेटरी अफ फ्लागस्टफले सन् १९८८ मा चन्द्रमाको बारेमा एक सर्भेक्षण गरेको थियो । त्यसमा सहभागी भएकामध्ये १३ प्रतिशतले आफूलाई चन्द्रमा चिजबाट बनेको जस्तो लाग्ने जवाफ दिएका थिए ।

१०. रहस्यमय दक्षिणी ध्रुव : चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्र जहाँ भारतको चन्द्रयान–३ अवतरण गरेको छ, त्यसलाई निकै रहस्यमय मानिन्छ । सो क्षेत्रमा निकै गहिरा खाडलका साथै अग्ला पहाड पनि छन् । जसको छायाँ परेको जमिनमा अर्बौ वर्षदेखि सूर्यको प्रकाश पुगेको छैन ।

– बीबीसीबाट

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes