भाद्र ६, काठमाडौं । भारतले अन्तरिक्षमा पठाएको चन्द्रयान–३ ले एेतिहासिक रूपमा चन्द्रमाकाे दक्षिणी ध्रुवमा सफल अवतरण गरेकाे छ ।
भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्षयान चन्द्रयान ३को सफल अवतरण गराउँदै इतिहास रचेको हाे।
यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने भारत पहिलो देश बनेको छ। चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो।
चन्द्रयान-३ ले चन्द्र सतह छोए लगत्तैदेखि भारतभर खुसीयाली मनाइएका विवरण आएका छन्।
विविसीका अनुसार वैज्ञानिकहरूले अवतरणअघिको अन्तिम १५ मिनेट समयलाई निकै महत्त्वपूर्ण एवं त्रासपूर्ण बताएकाले उक्त अवधिलाई व्यग्रताका साथ संसारभरबाट हेरिएको थियो।
यस्तै , अवतरण भएको केही समयपछि विक्रम ल्यान्डरबाट छ वटा पाङ्ग्रा भएको रोभर बाहिर निस्किनेछ र चन्द्रमाको सतहमा रहेका चट्टान र खाडलहरूतिर अघि बढ्दै पृथ्वीमा महत्त्वपूर्ण तस्बिर तथा डेटाहरू पठाउनेछ।
रोभरको पाङ्ग्रामा इसरोको लोगो र प्रतीक चिह्न पनि छन्। पाङ्ग्राहरू गुड्दा तिनले चन्द्रमाको माटोमा इसरोको छाप बसाउने एक अधिकारीले बीबीसीलाई बताए।
चन्द्रमाको दक्षिणी ध्रुवमै अवतरण गर्ने क्रममा रहेको रुसी यान लुना–२५ आइतवार दुर्घटनामा परेपछि चन्द्रयान–३ लाई पहिलो हुने अवसर प्राप्त भएकाे हाे ।
चन्द्रमाको दक्षिणी ध्रुवमा बरफ र पानी भएमा भविष्यमा चन्द्रमामा मानव बस्ती बसाल्न सकिने सम्भावना रहने वैज्ञानिकहरूको भनाइ छ ।
यसअघि अमेरिका, रुस र चीनले मात्रै यान चन्द्रमामा अवतरण गराउन सफल भएका छन् ।
अमेरिकी अन्तरिक्ष यात्री नील आर्मस्ट्रङले सन् १९६९ मा चन्द्रमामा पाइला टेक्ने पहिलो व्यक्तिको रूपमा ख्याति कमाए तर सोभियत संघको लुना-२ मिसन सन् १९५९ मा चन्द्रमाको सतहमा पुग्ने पहिलो अन्तरिक्षयान थियो र सन् १९६६ मा लुना-९ चन्द्रमामा सफ्ट ल्यान्डिङ गर्ने पहिलो मिसन थियो।
मस्काेले त्यसपछि मंगल ग्रहको खोजीमा ध्यान केन्द्रित गर्यो र १९९१ मा सोभियत संघको पतन पछि, रसियाले पृथ्वीको कक्षभन्दा बाहिर अनुसन्धानका लागि पठाउन असफल भएको छ।
भारतको यान सफलतापूर्वक चन्द्रमामा अवतरण भएमा भारत चौथो देश बन्नेछ ।
चार वर्षअघि चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप परिष्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो ।
भारतले चन्द्रमा मिसनका लागि गएको जुलाई १४ मा अन्तरिक्ष यान पठाएको हो ।
चन्द्रयान-३ ISRO को चन्द्रयान कार्यक्रम अन्तर्गत तेस्रो र सबैभन्दा भर्खरको भारतीय चन्द्र अन्वेषण मिशन हो। यसमा विक्रम नामको ल्यान्डर र चन्द्रयान-२ जस्तै प्रज्ञान नामको रोभर रहेको छ। यसको प्रोपल्सन मोड्युलले अर्बिटर जस्तै काम गर्नेछ ।
एउटा अर्बिटर, ल्यान्डर र रोभर रहेको चन्द्रयान-३ लाई दक्षिण भारतको श्रीहरिकोटास्थित अन्तरिक्ष केन्द्रबाट गत जुलाई १४ मा प्रक्षेपण गरिएको थियो।
विविसीका अनुसार ल्यान्डरको नाम ‘विक्रम’ इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो) का संस्थापक विक्रम साराभाईप्रति सम्मान व्यक्त गर्न राखिएको हो। ल्यान्डरमा २६ किलोग्रामको ‘प्रज्ञान’ नामक रोभर छ।
चन्द्रयान-३काे सफल ल्यान्डिंगकाे देखाउनकाे लागि इसरोले एक लाइव ट्रयाकर पनि लन्च गरेकाे थियाे । यसकाे माध्यमबाट अंतरिक्षमा चन्द्रयान-३ काे ल्याण्डिङ ट्र्याक गर्न गरिएकाे थियाे ।
