Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

डेंगी रोग नियन्त्रण गर्न लार्भा नष्ट अभियान

नेवाः टाइम्स
August 22, 2023August 22, 2023
FacebookTweetLinkedIn

भदाै ५, काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेंगी रोग नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियानलाई तीब्र बनाउने भएको छ । यसका लागि ६४ जना नगर प्रहरीलाई खटाइएको छ । उनीहरु वायो लार्भिसाइडसहित हरेक वडामा जानेछन् । पानी जमेको ठाउँ खोज्नेछन् । त्यहाँ लार्भिसाइड छर्किनेछन् ।

यसका लागि आज राष्ट्रिय सभा गृहबाट कार्यक्रम आरम्भ गर्दै फिल्डमा जाने नगर प्रहरीहरुलाई प्राविधिक र व्यवहारिक सिप सिकाइएको छ । काठमाडौमा डेंगी रोग फैलन नदिन लाम्खुट्टेको लार्भा नस्ट गर्न नेपालमै पहिलो पल्ट वायो लार्भिसिद ( bio larvicide ) छर्कदैछ ।

महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो फेसबुक फेजमा राखिएकाे सुचनाअनुसार यो औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।

यस्तै, डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा ल्याएकाे छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।

प्रशिक्षण कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सबै मिलेर मात्र डेंगी नियन्त्रण गर्न सकिने बताए । “हामी सार्वजनिक ठाउँमा लामखुट्टेको बासस्थान नष्ट गर्छौँ । तपाई (आम सर्वसाधारणले) घरमा पानी जम्न नदिएर हामीलाई सहयोग गर्नोस् । यसले तपाईँलाई डेँगीबाट बचाउनेछ ।’ हरेक व्यक्ति महामारीको सम्भावित जोखिमका विषयमा सजग हुने हो भने ठूलो खतरा सजिलै टार्न सकिन्छ ।” उनको भनाइ थियो । 

महानगरपालिकाका अनुसार डेंगी नियन्त्रणका लागि चलाइएका नियमित कार्यक्रमहरु यथावत छन्, यो थप कार्यक्रम गरेका हाे।
अहिले बर्खे पानी रोकिएको छैन । आकाशे पानी सडक र सडक किनाराका खाल्टाखुल्टी, सार्वजनिक स्थलमा जम्मा भइरहेको छ । लार्भा खोज्ने तथा नष्ट गर्दा यस्ता ठाउँलाई महानगरपालिकाले प्राथमिकता दिएकाे छ ।    

तालिममा महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका सम्पर्क  व्यक्ति ऋषिप्रसाद भुषालले, छर्कने उपकरणको प्रयोग, यसमा राखिने पानी र औषधिको मात्रा लगायत विषयमा प्रयोगात्मक जानकारी दिएका थिए। १० लिटर पानीमा २५० मिलिलिटर औषधि यसको मात्रा हो । 

बर्खायाम सुरु भएसँगै डेंगी रोग नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले वडास्तरीय र जनसहभागितामूलक कार्यक्रमहरु गरिरहेको छ । हरेक हप्ताको बुधबार विहान ८ बजेदेखि ९ बजेसम्म वडामा लार्भा खोज र नष्ट गर्ने अभियान चल्ने गरेको छ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes