Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

कसरी बढाउने विपद् जोखिम सम्बन्धी स्वयंसेवी भावना ?

नेवाः टाइम्स
August 20, 2023August 21, 2023
FacebookTweetLinkedIn

भदौ ३, काठमाडौं । विपद् जोखिम सम्बन्धी स्वयंसेवी भावना बढाउन विद्यालयको माध्यमिक तहदेखि नै जनचेतना अभियान संचालन गर्नुपर्ने बताइएको छ ।

राष्ट्रिय विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा विश्व मानवीय दिवसका सन्दर्भमा आयाेजित ‘विपद् संवाद्’ श्रृंखला अन्तर्गत आयाेजित छलफल कार्यक्रममा उक्त विचार व्यक्त गरिएकाे हाे ।

यस वर्षको नारा जस्तोसुकै परिस्थितिमा पनि मानवीय सहायताका लागि सबै समुदायसँग काँधमा काँध मिलाएर काम गर्ने अर्थात् ‘जे भए पनि सँगै’ भन्ने रहेको छ । संयुक्त राष्ट्र संघले यो विश्वव्यापी पहलको नेतृत्व गर्छ ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पाेखरेल, सहसचिव रूद्र तामाङ, एनसेट नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकाल र प्राधिकरणका उपसचिव हिरादेवी पौडेलले नेपालमा मानवीय सहायता एवं स्वयंसेवाको अवस्थाबारे धारणा राखेका थिए ।

ज्यान गुमाएका मानवीय सहायताकर्मीहरुको सम्मानमा एक मिनेट मौनधारणपछि शुरू भएकाे कार्यक्रमको सहजीकरण डिपिनेट नेपालका उपाध्यक्ष राजु थापाबाट भएको थियो ।

सन् २००३ अगष्ट १९ मा इराकको राजधानी बगदादस्थित संयुक्त राष्ट्रसङ्घमा भएको आक्रमणमा परी राष्ट्रसङ्घका २२ कर्मचारीको मृत्यु भएको दिन पारेर सन् २००९ देखि यो दिवस मनाउँदै आइएको छ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes