भदौ २, काठमाडौं । चितवन र तनहुँ जोड्ने मुग्लिङ पुरानाे पुलमुनि सुतेर बसेका एक व्यक्तिलाइ सशस्त्र प्रहरी र मुग्लिङ प्रहरीकाे संयुक्त प्रयासपछि उद्दार गरिएकाे छ ।
धादिङ निलकण्ठ नगरपालिका-६ बस्ने ४५ वर्षीय कृष्ण परियार पुलमुनि देखिन्थे ।
उनी पुलबाट त्रिशुली नदीमा हामफाल्नको लागि झुन्डिएको खबर प्राप्त भए पश्चात् सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जनाको टोली खटिएको थियो। उक्त टोलीले रोप रेस्क्यु विधिबाट उनको उद्धार गरेको सशस्त्र प्रहरी बलले जनाएकाे छ।
परियारको उपचारको लागि मुग्लिङ हाइवे अस्पतालमा पठाइएको छ।
