Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

ललितपुर जिल्लाको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना-२०८०’ सार्वजनिक

नेवाः टाइम्स
August 15, 2023August 15, 2023
FacebookTweetLinkedIn

साउन ३०,ललितपुर । ललितपुर जिल्लाको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८०’ सार्वजनिक गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयले ललितपुरमा आयोजित एक कार्यशाला कार्यक्रम गरेर ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८०’ सार्वजानिक गरेको हो ।

सूर्य नारायण श्रेष्ठ, कार्यकारी निर्देश , एनसेट

विपद् प्रतिकार्य योजनाको सार्वजनिकीकरण गर्दै कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट)का कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० का मूख्य पक्षहरुको बारेमा प्रस्तुती गरेका थिए भने ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले योजनाको उद्देश्य, महत्व, परिमार्जन आदिका विषयमा प्रकाश पारेका थिए । उक्त पस्तुती पश्चात कार्यक्रमका सहभागि जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यहरु तथा अन्य सरोकारवाला निकायका सदस्यहरुले प्रतिकार्य योजनाका बारेमा आफ्नो धारणा तथा सुझाव राखेका थिए ।विभिन्न व्यक्तिहरुको सुझावलाई समावेश गर्दै प्रतिकार्य योजनालाई अन्तिम रुप दिएको हो ।

कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै यसको कार्यान्वयनमा जोड दिएका थिए । भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट) र विपद् पूर्वतयारी संजाल–नेपाल (डीपीनेट)को प्रविधिक सहयोग र सहकार्यमा जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालय ललितपुरले सो विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेको हो ।

उक्त कार्यक्रममा जिल्लाको महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ, वागमति गाउँपालिकाका प्रमुख वीर बहादुर लामा, जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुखहरू, खानेपानी, स्वास्थ्य, विद्युत, वन कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes