Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

काठमाडौंमा छात्रवृत्ति कोटामा अध्ययन अवसर

नेवाः टाइम्स
August 14, 2023
FacebookTweetLinkedIn


साउन २९, काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि साउन २० गते लिएको परीक्षाको म्याचिङ् नतिजा र प्रथम भर्नाको योग्यता क्रमको अन्तिम सूची प्रकाशन गरेकाे छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकाे फेसबुक पेजमा प्रकाशित सूचनाअनुसार विज्ञान विषयमा एक हजार ४५२ जना, व्यवस्थापन विषयमा ७४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इञ्जिनियरिङ्मा ४४ जना, कम्प्युटरमा १८ जना, इलेक्ट्रिकलमा ११ जना परीक्षार्थीले भर्ना पाउने भएका छन् ।

यसरी प्राप्त हुने भर्ना कोटामध्ये प्राविधिक धारका विषयमा सामुदायिक विद्यालयमा भर्ना लिइनेछ । सूचनाअनुसार साउन २७ गतेसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीहरुलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीहरुले अनलाइनमार्फत छानेका आधारमा भर्ना हुनका लागि शिक्षण संस्थाहरु शिफारिस गरिएका छन् । प्रकाशित सूचीमा शिक्षण संस्थाको नाम, वडा नं., अध्ययन गर्ने कार्यक्रमको नाम, विद्यार्थीको नाम, परीक्षाको रोल नं., श्रेणी (र्‍याङ्क), प्राथमिकता आदेश (प्राइरोटी अर्डर) समावेश गरिएको छ ।

यसैगरी क्याटागोरीअन्तर्गत आरक्षण सम्बन्धी विवरण समावेश गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी, संस्थागत विद्यालयमा अध्ययन गरेका बिद्यार्थी, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थी, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थी भनेर उल्लेख गरिएको छ ।

यस कोलममा छात्रा, आदिबासी र जनजाति, मधेसी, खस आर्यलाई, दलित, मुस्लिम, थारु, अपाङ्गता भएको व्यक्ति, पिछडिएको क्षेत्रका व्यक्ति, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारका व्यक्ति भनिएको छ । यस्तै स्कूल टाइपमा एसईई उत्तीर्ण गरेको विद्यालयको प्रकार (संस्थागत/निजी) सम्बन्धी विवरण राखिएको छ ।

आर्थिक अभावका कारण कोही पनि विद्यार्थीले माध्यामिक तहसम्मको शैक्षिक अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने काठमाडौं महानगरपालिका चाहना रहेकाे बताइएको छ। निष्पक्ष र सन्तुलित बनाउन विकास गरेको प्रणालीमा आधारित रहेर नतिजा सार्वजनिक गरेकाे जनाएको छ। पहिलो सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरूले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्ने र यसपछि भदौ ३ गते दोस्रो नतिजा प्रकाशन गर्ने जनाएको छ।

सूचनाले शैक्षिक संस्थाहरुलाई छात्रवृत्ति कोटाबाट भर्नाका आएका विद्यार्थीहरुलाई भर्नाका लागि सहजीकरण गर्न पनि आग्रह गरिएकाे छ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes