Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

कागबेनीमा बाढीकाे वितण्डा

नेवाः टाइम्स
August 14, 2023August 14, 2023
FacebookTweetLinkedIn


साउन २९, काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा आइतबार राति ठाडो खोलामा आएको बाढीले १० घरसहित एक निर्माणाधीन पक्की पुल र काठे पुल पनि बगाएको छ । 

वारागुङ मुक्तिक्षेत्र—२ को झोङ, पुडाक र छेङ्गुरको शाखा नदी थुनिएर कागखोलामा आएको बाढीले कागबेनीमा १० घर र पक्की पुलसहित करोडौँको भौतिक सामग्री बाढीले बगाएको हाे।

बाढीले कागबेनीमा रहेको प्रहरीचौकी, धर्मशालामा पनि क्षति पुर्‍याएको छ।  एउटा झोलुंगे पुल र तीन वटा विद्युत् पोल पनि ढलेकाले विद्युत् आपूर्ति बन्द भएको जनाइएको छ। दुई तलासम्म घर डुबेकाले तत्काल बिजुलीको लाइन छोड्ने अवस्था नरहेको बताईएकाे छ ।  आइतबार राति ११ बजेदेखि कागखोला र कालीगण्डकी नदीमा पानीको सतह घट्दै गएकोले सोमबार बिहानसम्म मानवीय क्षति नभएको मुस्ताङ प्रशासनले जनाएको छ। 

झोङ भन्ने स्थानमा पहिरो गई कागखोलामा मिसिएपछि बाढी तल कागवेनी बस्ती पसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले पुष्टि गरेको छ। प्रहरीका अनुसार तीन दिनदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ।

बाढी आउनासाथ प्रहरी र त्यहाँ रहेको सेनाको टुकडीले स्थानीयलाई अलर्ट गराएकोले मानवीय क्षति नभएकाे तर प्रहरी चौकी समेत केही सर्वसाधारणका घर भत्काएको खबर छ।

अविरल वर्षासंगै ठाडो खोला थुनिएर आएको बाढीले अहिले कागबेनी गाउँको तल्लो बस्ती पुरै डुबानमा परेको हो। बाढीले कागबेनीको धर्मशाला, श्राद्धस्थल र अस्थायी काठेपुल बगाएको छ।

मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्रमा आइतबार रातिसम्मको  २४ घण्टामा २५.८ मिलिमिटर वर्षा मापन गरिएको छ।

यता अविरल वर्षासँगैको बाढी र पहिरोका कारण म्याग्दीका मुख्य सडक तथा ग्रामीण सडक अवरुद्ध भएका छन्। म्याग्दीमा शुक्रवार  साँझदेखिको निरन्तर वर्षाका कारण जिल्लाका मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका हुन्। 

बेनी–जोमसोम, बेनी–दरबाङलगायत म्याग्दीका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् ।आइतबार साँझसम्म पनि वर्षा भइरहेको र पहिरो खसिरहेकाले सडकहरु खुल्न सकेकाे छैन ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes