Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

अत्यधिक वर्षाले उपत्यकाका धेरै नदीमा बाढी: सतर्क रहन आग्रह

नेवाः टाइम्स
August 8, 2023August 8, 2023
FacebookTweetLinkedIn


साउन २३, काठमाडौं ।
काठमाडौं उपत्यकाको बुढानिलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास अत्यधिक बर्षा भएको छ । काठमाडौं उपत्यकामा आज रातिदेखि नै लगातार वर्षा भैरहेको छ । उपत्यकाका धेरै नदी सतर्कताको लेबलमा पुगेका छन । यस्तै बाटाेहरू जलमग्न छन्, वस्ती डुवानमा परेका छन् ।

विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन जल तथा माैसम विज्ञान विभागले सूचित गरेकाे छ ।

बाग्मती नदीको पधेरादोभान (कर्मैया) जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले जलसतह खतरा तह पार गरेको बताउँदै बढ्दो क्रममा पनि रहेको जनाएको छ । 

महाशाखाले रौतहट र सर्लाहीका बाग्मती नदी तटिय क्षेत्रमा हुनेहरूले आज बेलुकासम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बबई नदीको चेपाङ, बर्दियाको बाढीमापन केन्द्रमा जलसतहले खतरा तह (६.८) मिटर पार गरेको र बढ्दो रहेको छ । बर्दियाको बबई तटीय क्षेत्रमा हुनेहरू दिउँसो २ बजे सम्मै उच्च सतर्कता साथ सुरक्षति रहन महाशाखाले भनेकाे छ ।

नेपाली आकाशमा छाएको मनसुनी बादल र त्यस्ले पारी रहेको वर्षाले बर्दिया, धन्बास क्षेत्रमा पछिल्लो ६ घन्टामा मात्रै १५५ मिमि वर्षा भएको छ, जुन भारी वर्षा हो । यस्तै, सिन्धुलीको हरिहरपुर क्षेत्र मा २०५ मिमि, धनुसा बर्दिवास मा १७३ मिमि वर्षा भएकाे छ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes