Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

पहिराेमा बेपत्ता नागरिकको खाेजीका लागि कूटनीतिक पहल

नेवाः टाइम्स
August 5, 2023August 5, 2023
FacebookTweetLinkedIn

साउन २०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी १३ जना नेपाली नागरिकसहित १९ जना बेपत्ता भएकोमा दु:ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नागरिकहरुको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको जानकारी उल्लेख गरे ।

यता, भारतका लागि नेपाली राजदूत डा.शंकर काेइरालाले ट्वीट गर्दै तीन जनाकाे शव भेटिएकाे र १३ जनाकाे खाेजतलाश जारी रहेकाे उल्लेख गरेका छन् ।

भारतको केदारनाथमा बिहीबार राति गएको पहिरोमा परी एकै घरका ७ जना सहित एकै गाउँका ९ जना बेपत्ता भएका छन् ।

काम गर्नकाे लागि भारत गएकाहरू पहिरोमा पुरिएर बेपत्ता भएपछि गाउँ अहिले शोकमग्न भएको छ। केदारनाथमा गएको पहिरोमा चौर गाउँका २८ वर्षीय अमर बोहोरा, उनकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी सलिता, ८ वर्षीया छोरी पिंकी, ७ वर्षीय छोरा पृथ्वी, ६ वर्षीय छोरा जटिल र ३ वर्षीय छोरा वकिल बेपत्ता भएका छन् । उनीहरूसँगै चौरगाउँकै सुखीराम रावत र बमबहादुर बोहोरा बेपत्ता भएका हुन् ।

पहिरोमा पुरिएका युवाहरू केदारनाथमा मान्छे बोक्ने,पल्लीदारी गर्नेदेखि स्याउ बोक्ने र बगैँचाको हेरचाह गर्ने सम्मको काम गरिरहेका थिए ।

२ सय १९ घरधुरी रहेको चौरगाउँबाट मात्रै ७० भन्दा बढी परिवार काम खोज्दै भारतका विभिन्न क्षेत्रमा पुगेका छन् भने सबै घरका केही युवाहरू भारतमैं छन्।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes