Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

मानव बेचविखनको लागि नेपाल अब ट्रान्जिट र गन्तव्य पनि

नेवाः टाइम्स
July 24, 2023July 24, 2023
FacebookTweetLinkedIn


साउन ८, काडमाडौं । मानव बेचविखनको लागि नेपाल स्रोत मुलुक मात्र हुँदै आएकोमा अब स्रोत, ट्रान्जिट र गन्तब्य मुलुक नै हुन थालेकोमा चिन्ता ब्यक्त गरिएको छ ।

एटविनद्वारा आयोजित ‘मानव बेचबिखनविरुद्धको नयाँ राष्ट्रिय नीति तथा सोह्रौ योजनामा मानव बेचबिखनको विषयवस्तु’ विषयक परामर्श कार्यशालामा बोल्दै मानव बेचबिखन अनुसन्धान व्यूरोका डिएसपी दिपक साहले केन्याको देहव्यापारीलाई झिकाएर नेपाललाई गन्तब्य मुलुक बनाइएको बताए । साहकाअनुसार मानव बेचबिखनको लागि नेपाललाई ट्रान्जिट मुलुकको रुपमा प्रयोग पनि त्यत्तिकै गरिएको छ, स्रोत मुलुकको रुपमा त धेरै वर्ष अगाडि देखि नै थियो ।

डिएसपी दिपक साह

सामान्य कुरा पनि नबुझेका नेपालीहरू भिजिट भिसामा विदेश जाँदा अत्यधिक जोखिम बढेको बताउँदै डिएसपी साहले विदेश जानको लागि करोडौं रुपियाँ पनि खर्च गर्ने प्रवृत्ति रहेको, दक्षिणपूर्वी एसियामा पठाउने एजेण्ट चिनियाँहरू रहेको र चिनियाँहरूलाई नेपालीले नै सहयोग गरिरहेको बताए । साथै विजनेश भिसामा जानेको पनि डरलाग्दो अवस्था रहेको, हजारौं समस्याका केश हुँदा पनि वार्षिक एक सय ४० देखि एक सय ६० जनामात्र जाहेरी लिएर प्रहरीकोमा आउने गरेको डिएसपि साहले बताए ।

कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा रहेर लामो समय काम गरेका पूर्व सहसचिव रत्नकाजी बज्राचार्यले ‘मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति’ विषयक प्रस्तुति दिंदै विपद तथा आर्थिक समस्याका कारण देशमा बेचबिखनको जोखिम बढ्दै गएको, महिला मन्त्रालयसँग ८–९ वटा नीति भए पनि कार्यान्वयन पक्ष फितलो रहेको बताए ।

पूर्व सहसचिव रत्नकाजी बज्राचार्य

पूर्व सहसचिव बज्राचार्यका अनुसार मानव बेचबिखनको कार्ययोजना २०५३ सालमा बनाउने सार्क मुलुकमा नेपाल पहिलो भएपनि नीति भने बनेको छैन । मानब बेचबिखन आर्थिक गरिबी, शिक्षाको लागि भनिए पनि विना लगानी धेरै कमाउने उद्योगको रुपमा फस्टाएको बज्राचार्यको धारणा थियो । बज्राचार्यकाअनुसार नेपाल सरकारको १५ औं योजनाको सोच ‘मानव बेचबिखन तथा ओसारपसारमुक्त मर्यादित समाज’ तथा ‘मानव बेचबिखन तथा ओसारपसारको जोखिममा रहेका समूहको सामाजिक आर्थिक रुपान्तरण गर्ने’ लक्ष्य अनुरुप मानव बेचबिखनविरुद्धको नयाँ राष्ट्रिय नीतिको मस्यौदा तयार गर्ने प्रक्रियामा लागेको हो ।
वैदेशिक रोजगारका ९० प्रतिशत घटना मानव बेचबिखन भन्नुपर्ने अवस्था रहेको तर भन्न नमिल्ने जटिल अवस्था रहेको उल्लेख गर्दै बज्राचार्यले मानव तस्करीलाई समेट्ने कानुन नभएको, संघीयताअनुरुप कानुन निर्माण हुन नसकेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै एटविनका कार्यकारी निर्देशक बेनु माया गुरूङले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति ल्याइनुपर्ने उल्लेख गर्दै पीडितमा केन्द्रीत नीति बन्नुपर्ने बताइन् ।

एटविनका अध्यक्ष सीता पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकारकर्मी सन्ध्या श्रेष्ठको ‘सोह्रौं योजनामा मानव बेचबिखनको विषयवस्तु’ विषयक प्रस्तुति थियो ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes