साउन ७ काठमाडौं । काठमाडौं उपत्यका आसपासका ठाउँहरू (नगरकोट, बुढानीलकण्ठ, ककनी, धादिङ धुनीबेसी) लगायतका स्थानमा पछिल्लो १ घण्टामा भारी वर्षा मापन गरिएको नेपाल बाढी सूचनाले जनाएको छ ।
सूचनाअनुसार विष्णुमती नदी, गोङ्गबुमा जलसतह बढिरहेको छ। विष्णुमती, मनोहरा, बल्खु खोला लगायतका नदीहरू बढ्ने भएकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन सूचनामा भनिएकाे छ ।
