Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

सिविन नेपाल र र्थोपेडिक अस्पतालबीच समझदारी

नेवाः टाइम्स
July 18, 2023July 18, 2023
FacebookTweetLinkedIn

साउन २, काठमाडौँ । सिविन नेपाल र नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीबीच शारीरिक आघात र अशक्तता भएका बालबालिकाको मानसिक स्वास्थ्य समस्याको प्रवर्द्धनको क्षेत्रमा काम गर्न सम्झाैतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झाैताअनुसार सिविनले बालबालिकाको वार्डमा बिरामी बालबालिकालाई आवश्यक मनोवैज्ञानिक परामर्श उपलब्ध गराउने छ । कमजोर समुदायबाट अस्पतालमा भर्ना भएका बालबालिकाका लागि खानेकुरा, यातायात र चिकित्सकीय सहयोगजस्ता आपत्कालीन सहयोगका लागि सिविनद्वारा सञ्चालित हेल्पलाइन १०९८ उपलब्ध गराइने छ ।

सिविनले अस्पतालमा रहेका डक्टर र नर्स र विशेषगरी वार्डमा खटिएका नर्सहरुलाई मानव संसाधनको विकासका लागि मनोवैज्ञानिक परामर्श अभिमुखीकरण र तालिम उपलब्ध गराउने छ । सिविनले अभिमुखीकरणमार्फत अस्पतालका अन्य कर्मचारीहरुलाई पनि बालबालिकाको मानसिक स्वास्थ्य समस्याका बारेमा सचेतना गराउने छ । यस्तै, अस्पतालले बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्याका बारेमा अभिमुखीकरण र तालिम कार्यक्रमका लागि आवश्यक व्यवस्थापन गर्नेछ ।

अस्पतालले मुलुकका विभिन्न स्थानमा गरिने घुम्ती शिविरका क्रममा सिविनलाई आवश्यक सूचना उपलब्ध गराउने छ । यसले गर्दा सिविनले बालबालिका र समुदायलाई शिविरबाट लिन सकिने फाइदा र आफ्नो कार्यक्षेत्रबारे उत्साह जगाउन सकिनेछ । दुवै संस्थाले साझेदारीमा भएका प्रगतिका बारेमा अद्यावधिक गर्न आवधिक बैठक गर्ने तथा थप सहकार्यका सम्भावना उजागर गर्नेछन् ।

उक्त समझदारी पत्रमा सिविनका तर्फबाट कार्यकारी निर्देशक सुम्निमा तुलाधर र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. कैलाशकुमार भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes