
बाैद्ध धर्मदर्शनले आत्माकाे अस्तित्वलाई स्वीकार्दैन । याे अनात्मावादी हाे । यसले पूर्वजन्म, वर्तमान जन्म र पुनर्जन्मकाे कुरा गर्छ । अनेकाैं जन्महरूकाे शृङ्खला मान्नु र त्यसकाे अन्य गर्नु नै बाैद्ध दर्शनकाे एकमात्र उद्देश्य हाे । आत्मा मान्दैन भने पुनर्जन्म कसरी हुन्छ ? कसकाे हुन्छ ? भनेर प्रश्न गर्ने र खिसिट्युरी गर्नेहरूकाे आकार सानाे छैन । यसै सम्बन्धमा केही खुलाउने जमर्काे गर्छु ।
बाैद्धहरूले चित्तकाे अस्तित्वलाई मान्छ । चित्तकै कारण जन्महरूकाे श्रृङ्खला अगाडि बढ्छ । जीवनमा गरिने राम्राे नराम्राे कामहरूले संस्कारकाे निर्माण हुन्छ र यी संस्कारहरूले कालान्तरसम्मकाे जीवनहरूमा असर पार्ने हुन्छ । संस्कारहरूलाई बाेक्ने काम चित्तले गर्छ । त्यसाे भए आत्मा र चित्त उही त हाे, एउटै हाे, बाैद्धहरूले नबुझेकाे मात्रै हाे भनेर पुनः खिसिट्युरी गर्नेहरूकाे पनि कमी छैन । आत्मा र चित्तलाई एउटै बुझ्नुअघि आत्मावादीहरू आफ्नै विरादरीबाट आउने आपत्तीदाेषकाे सामना गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रमुख प्रश्न छ ।
आत्मावादीहरू आत्मालाई नित्य, अजर, अमर र अविनाशी मान्छन् । याे उनीहरूकाे बटमलाइन हाे । आत्मा, परमात्मा, ब्रह्मलगायतका कतिपय कुरा उनीहरूकाे अत्यन्तै रुचिकर विषय हुन् । तर बुद्ध भने यिनै कुरालाई अविद्या र बन्धनमा राखेर मुक्त हुननदिने तत्व मान्छन् । बाैद्ध दर्शनअनुसार यहाँ नित्य, अजर, अमर र अविनाशी भन्ने कुरा केही छैन । सबै कुरा परिवर्तनशील छ।
बाैद्धहरूकाे प्रयास चित्त निरुद्ध गर्ने हाे । जब चित्त निरुद्ध हुन्छ, जन्म र मरणकाे श्रङ्खला टुट्छ । यसलाई निर्वाण भनिन्छ । मान्छे जीवित अवस्थामा नै निर्वाण लाभ गर्छन् र निर्वाण सुखकाे अनुभव गर्न सक्छन् । अरूलाई बताउन पनि सक्छन् । गाैतम बुद्धले ३५ वर्षकाे उमेरमा निर्वाण लाभ गर्नुभएकाे थियाे भने ४५ वर्षपछि अर्थात् ८० वर्षकाे उमेरमा भएकाे देहान्तलाई महापरिनिर्वाण लाभ भनिन्छ । पछि अन्य अनुयायीहरूले चित्तलाई निरुद्ध गरे, अरहन्त भए । चित्तलाई निरुद्ध गरे भन्नुकाे अर्थ निर्वाण लाभ गर्नु हाे । दर्शनकाे क्षेत्रमा अन्यभन्दा बाैद्ध दर्शन पृथक यही कुरामा रहेकाे छ।
प्रश्न रह्याे, अझै पनि आत्मा र चित्त उहीँ हाे, बुद्धले आत्मा भन्ने कुरा नै बुझ्न सकेकाे रहेनछ भनेर जिकिर गरिरहन मिल्छ ? मिल्छ भने मिल्छ, शब्दमा आपत्ती छैन । तर अनित्य मान्नुपर्याे । नित्य, अजर, अमर र अविनाशी मान्नु भएन । आत्मा निरुद्ध हुन्छ, अनित्य नै रहेछ भनेर मान्नुपर्याे । तर यसरी मान्नु भनेकाे आत्मावादीहरूकाे अस्तित्वमा आउने ठूलाे पहिराे हाे । त्यही अर्थ समाजमा स्थापित भएका कारण बुद्धले आत्मा शब्दलाई प्रयाेग नगरेकाे हुनसक्छ किनभने भ्रम सिर्जना हुने संभावना पनि उत्तिकै छ ।
आफ्नैबारे जानकारी नराखी अनधिकृत रुपमा निश्चित धर्मदर्शनकाे प्रतिनिधित्व गर्दै अन्यका बारेमा गरिने टिकाटिपणी वाणीविलास र समय कटाउने मेलाेमेसाेभन्दा माथि हुँदैन । सिर्जनात्मक र उपलब्धीमूलक त हुँदैहुँदैन। खासै भन्ने हाेभने यस्ता अभ्यासहरू बाैद्ध धर्म हेर्नु र बुझ्नुभन्दा आफ्नै पूर्वमान्यताकाे कसीमा यसलाई ढाल्न खाेज्नु हाे । त्यसभन्दा अघि आफ्नै धर्म दर्शनकाे मूलभूत मूल्यमान्यताबारे जानकारी राख्दा राम्राे हुन्थ्याे।
याे चित्त संस्कार अर्काे जन्ममा सर्नेचाहिं डिएनए मार्फत हाे कि ? अर्कै तरिका छ