Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

भूकम्पीय जोखिम आँकलन सम्बन्धमा विपद संवाद

नेवाः टाइम्स
July 10, 2023July 10, 2023
FacebookTweetLinkedIn

असार २५, काठमाडौं । नेपालमा भूकम्पीय जोखिम आँकलन सम्बन्धमा हालसम्म भएका कार्य, अध्ययन तथा नतिजा सम्बन्धी विचार विमर्श गर्न, त्यसमा रहेका अपुग, थप अध्ययनको आवश्यकता र दिशा निर्देशका बारेमा सम्बन्धित निकायका अधिकारीहरु एवं विज्ञहरुको उपस्थितिमा विपद् संवाद गरिएको छ ।

विज्ञ तथा सहभागीहरुले भूकम्पीय जोखिम आँकलन नेपाल दक्षिण एसियाली क्षेत्रमा अग्रणी भए पनि ‘इनपुट प्यारामिटर’, सामाञ्जस्यता, सामाजिक संकटसन्नता आंकलन, मानकीकरण आदि क्षेत्रमा थप काम गर्नुपर्ने अवस्था रहेकोमा जोड दिनुभयो ।

संवादमा खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल सिस्मोलोजिष्ट डा. लोकविजय अधिकारी, शहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर सुमन शालिके, भूकम्प प्रविधि राष्ट्रिय समाज, नेपालका कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठ र ग्लोबल अर्थक्वेक मोडेलका सेस्मिक रिस्क इञ्जिनियर एलेस्रान्द्रो क्याल्डेरोनले नेपालमा भूकम्पीय जोखिम आँकलनमा भएका कार्यहरुबारे प्रस्तुतीकरण गर्नुभयो ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सबै सरोकारवाला निकायलाई एक ठाउँमा ल्याएर साझा मापदण्ड निर्माण गर्न तथा उचित समन्वय गर्न प्राधिकरण लागिपरेको बताउनुभयो । प्राधिकरणका सहसचिव रामेश्वर मरहट्टाले बहुप्रकोपीय जोखिम आंकलन विधि तथा कार्ययोजना तयार गर्न छलफलबाट महत्वपूर्ण पृष्ठपोषण प्राप्त भएको धारणा राख्नुभयो ।

भूकम्पीय प्रविधि राष्ट्रिय समाज, नेपालका उपकार्यकारी निर्देशक डा.रमेश गुरागाईंले छलफलको सहजीकरण गर्नुभएको थियो । प्राधिकरणले विपद् जोखिमका विषयवस्तुमाथि सरोकारवालाबीच सार्थक छलफल गर्न ‘विपद् संवाद’ आयोजना गर्दै आएको छ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes