Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

जलवायु परिवर्तनले बढायो महिला यौन हिंसा

admin
July 8, 2023July 8, 2023
FacebookTweetLinkedIn

असार २३, काठमाडौं । नेपाल लगायत दक्षिण एसियाली मुलुकहरुमा जलवायु परिवर्तनसँगै बढ्दो तापमानका कारण महिलामाथिको यौनहिंसामा वृद्धि भएको एक अध्ययनले देखाएको छ ।

नेपाल, भारत तथा पाकिस्तानका महिलाहरुमा गरिएको अध्ययनले बढ्दो तापमानसँगै महिलामाथिको घरेलु तथा यौनजन्य हिंसामा तीव्र रुपमा वृद्धि भैरहेको देखाएको हो ।

अध्ययन अनुसार विश्व उष्णीकरणको असर निजी सम्बन्धमा पनि पर्न थालेको छ र महिलामाथि अन्तरंग पार्टनरबाट हुने हिंसामा बढोत्तरी भैरहेको छ ।

हरेक १ डिग्री सेल्सियस तापक्रम वृद्धिले महिलामाथिको शारीरिक तथा यौन हिंसामा ६.३ प्रतिशतले बढ्ने अध्ययनको निष्कर्ष छ ।

नेपाल, भारत तथा पाकिस्तानका १५ देखि ४९ वर्ष उमेरका एक लाख ९४ हजार महिलामा गरिएको अध्ययनका क्रममा तापक्रम वृद्धिसँगै महिलाहरुमाथि भावनात्मक, शारीरिक तथा यौन हिंसाका घटनामा वृद्धि भैरहेको पाइएको हो ।

सन् २०१० को अक्टोबर १ देखि सन् २०१८ को अपि्रल ३० सम्म संकलित तथ्यांकका आधारमा तयार पारिएको उक्त शोध रिपोर्ट JAMA Psychiatry मा प्रकाशित भएको छ ।

बेलायत, चीन, पाकिस्तान, अष्ट्रेलिया, जर्मनी र तान्जानियाका वैज्ञानिकहरुको एक समूहले उक्त अध्ययन गरेको हो ।

अध्ययनमा इपिडिमियोलोजी तथा अधिक तापक्रमसँगको तुलनात्मक डाटा विश्लेषणका क्रममा बढ्दो तापक्रमसँगै महिलामाथि अतरंग पार्टनरको हिंसाका घटनामा वृद्धि भएको उल्लेख छ ।

शोधकर्ताका अनुसार वार्षिक १ डिग्री सेल्सियस तापक्रम वृद्धिले इन्टिमेट पार्टनर भाएलेन्स (आईपीभी) को मात्रा ४.९ प्रतिशतले बढ्दछ । यसमा सबैभन्दा धेरै शारीरिक हिंसा रहेका छन् । शारीरिक हिंसा २३ प्रतिशत रहँदा भावनात्मक हिंसाको मात्रा १२.५ र यौन हिंसा ९.५ रहेको पाइयो ।

शोधकर्ताहरुले यो शताब्दीको अन्त्यसम्ममा तापमान वृद्धिका कारण हुने अन्तरंग पार्टनरको हिंसामा २१ प्रतिशतले वृद्धि हुने आँकलन गरेका छन् ।

जलवायु परिवर्तन तथा उष्णीकरणको दरलाई कम गर्न नसकिएमा महिलामाथिको हिंसामा झनै बढोत्तरी हुनेछ । जसबाट सन् २१०० सम्ममा शारीरिक हिंसाका घटनामा २८.३ प्रतिशत, यौन हिंसा २६.१ प्रतिशत र भावनात्मक हिंसा ८.९ प्रतिशत पुग्नेछ ।

नेपाल दोस्रो स्थानमा

अध्ययन अनुसार जलवायु परिवर्तन तथा तापमान वृद्धिसिर्जित महिलामाथिको अन्तरंग पार्टनर हिंसा (आईपीभी) सन् २०९० सम्म बढेर २३.५ प्रतिशत पुग्नेछ । अर्थात् सन् २०९० सम्ममा भारत सर्वाधिक आईपीभी हुने मुलुक बन्नेछ । दोस्रो स्थानमा १४.८ प्रतिशत सहित नेपाल हुनेछ । त्यस्तै पाकिस्तान भने ५.९ प्रतिशत सहित सबैभन्दा कम आईपीभी हुने देश रहनेछ ।

बढ्दो गर्मीले बढाउँदैछ तनाव

तापक्रम वृद्धिका कारण बालीनाली उत्पादनमा कमी आउनुका साथै विभिन्न खालका रोगब्याधीमा समेत वृद्धि भैरहेको छ ।

उत्पादनमा कमी र प्रकोपमा वृद्धिका कारण मानिसहरुको आर्थिक अवस्था समेत कमजोर हुने गर्दछ ।

तापमान वृद्धिका कारण बाहिर काम गर्न जाने दरमा समेत कमी आउने र राम्रोसँग काम गर्न समेत नसकिने अवस्थाका कारण परिवारहरुमा खर्च धान्नका लागि दबाब बढ्दै गएको छ । यसले व्यक्तिहरुमा तनाव बढाएको छ । यस्तोमा घरेलु हिंसामा पनि वृद्धि भैरहेको छ ।

कम आय भएका परिवारहरुमा तथा ग्रामीण इलाकामा सबैभन्दा धेरै घरेलु हिंसाका घटना हुने गरेको पाइएको छ ।

यसअघि स्पेनको म्याड्रिडका वैज्ञानिकहरुले यस विषयमा पहिलोपटक अध्ययन गरेका थिए । उनीहरुले केन्याका महिलामाथि अध्ययन गरे । त्यसक्रममा बढ्दो तापमानसँगै अन्तरंग पार्टनरबाट हुने महिलाको हत्यामा ४० प्रतिशत बढेको पाइएको थियो ।

त्यस्तै दुई मानिसबीच हुने हिंसाको दरमा २.३ प्रतिशतले र समूहबीचको हिंसामा १३.२ प्रतिशतले वृद्धि भएको पाइएको थियो ।

(एजेन्सीकाे सहयाेगमा)

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes