Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

पहिराेजन्य जाेखिम आँकलनमा एकरूपता हुनु पर्ने

नेवाः टाइम्स
July 5, 2023July 5, 2023
FacebookTweetLinkedIn

असार २०, काठमाडौं । पहिरोजन्य जोखिम आँकलन सम्बन्धमा अध्ययन तथा नतिजामा एकरुपताको आवश्यकता रहेको विज्ञ तथा सहभागीहरुले उल्लेख गर्दै जोखिम आँकलनहरुलाई एउटै मञ्चमा ल्याउने प्राधिकरणको प्रयासको सह्राना गरिएको छ ।

पहिरोजन्य जोखिम आँकलनसम्बन्धी नेपालमा हालसम्म भएका कार्य, अध्ययन तथा नतिजा, यससम्बन्धी अपुग, थप अध्ययनको आवश्यकता र दिशा निर्देशका बारेमा आज सम्बन्धित निकायका अधिकारीहरु एवं विज्ञहरुको सहभागितमा विमर्श भएको हाे ।

संवादमा जलस्रोत अनुसन्धान एवं विकास केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर जिओलोजिष्ट डा. अनन्त मान सिंह प्रधान, खानी तथा भूगर्भ विभागका प्रवक्ता मोनिका झा, बेलायतको डुर्ह्याम विश्वविद्यालयका प्रा. डा. एलेक्स डेन्समोर, फोरम फर इनर्जी एण्ड इन्भाइरोमेन्ट डेभलप्मेन्टका कार्यकारी निर्देशक डा. सञ्जय देवकोटा र त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागका सहप्राध्यक डा. रञ्जन कुमार दाहालले नेपालमा पहिरोजन्य जोखिम आँकलनको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभयो ।

भूकम्पीय प्रविधि राष्ट्रिय समाज, नेपालका अध्यक्ष प्रा. डा. आमोद मणि दीक्षितले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले कार्यकारी समितिको बैठकले बहुप्रकोपीय जोखिम आंकलन विधि तथा कार्ययोजना तयार गर्न कार्यदल गठन गरेको जानकारी दिंदै संवादबाट प्राप्त सुझावहरुले कार्यदललाई निष्कर्षमा पुग्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले पहिरोजन्य जोखिम आँकलन गर्दा ‘स्केल’, ‘रिजोलुसन’ र उद्देश्यमा रहेका कमीहरुको पहिचान गर्ने उद्देश्यले संवाद आयोजना गरिएको जानकारी दिनुभयो । प्राधिकरणले विपद् जोखिमका विषयवस्तुहरुमाथि सरोकारवालाबीच सार्थक छलफल गर्न ‘विपद् संवाद’ आयोजना गर्दै आएको छ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes