असार १९, काठमाडौं । लगातारको वर्षापछि नदीहरूमा पानीको बहाव बढ्ने क्रम जारी रहेको छ । आज तिनाउ नदीको सतह खतरा तह भन्दा माथिनै रहने जल तथा माैसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज जारी गरेकाे सूचनामा जनाएकाे छ ।
बुटवलमा रहेको स्वचालित बाढी मापन केन्द्रका अनुसार अहिले तिनाउमा पानीको तह ५.४८ मीटर रहेको छ। वुटवल स्थित तिनाउ नदीमा पानीको तह ५.६ हुनुलाई खतराको तह पार गरेको मानिन्छ। आजकाे मापनअनुसार देशका अन्य नदीहरुको बहाव बढ्ने तर सतर्कता भन्दा तलै रहने महाशाखाले जनाएकाे छ ।
प्राप्त जानकारी अनुसार आज काेशी, कन्काई, नारायणी, कर्णाली , महाकाली , बबई , पश्चिम राप्ती, कमला, वाग्मती, पूर्वी राप्ती र यसका सहायक नदिहरूकाे वहाव सतर्कता तह भन्दा तलै र सामान्य रहेकाे छ।
यस्तै, स- साना नदिहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिकबाढी को पूर्वानुमान गरिएकाे हुँदा स-साना नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आव्हान गरिएकाे छ ।