
असार १५, काठमाडौं । विकासका कामबाट विपदकाे जाेखिम कम गरि उत्थानशील समाजकाे निर्माण गर्ने उद्देश्यले गृह मन्त्रालयकाे अायाेजना तथा युएसएड, तयारी परियाेजना र डिपिनेटकाे सहकार्यमा भएकाे विपद जाेखिम न्यूनीकरणसम्बन्धि दुइ दिने दाेस्राे राष्ट्रिय सम्मेलन समापन भएकाे छ ।
शेण्डाई फ्रेम वर्ककाे मिड टर्म रिभ्यु २०१५-२०३० सम्मकाे कार्य रणनीतिबारे छलफल गर्ने, विपद न्यूनीकरणकाे अवस्था, विपदका क्षेत्रमा भएका नविनतम प्रयाेग, अध्ययन अनुसन्धान , सरकार, स्द्देथानीय निकाय तथा नीजि क्षेत्रले गर्दै अाएका काम तथा नीतिगत छलफल गर्ने उद्देश्यले आयाेजित सम्मेलनमा जवाफदेहीताकाे कुरा , क्षमता, आर्थिक प्राविधिक पक्ष, कमजाेरी सुधार गर्दै अगाडि बढ्ने कुराका बारेमा छलफल भएकाे थियाे ।
कार्यक्रममा राष्ट्रिय याेजना अायाेगका पूर्व सदस्य सलाेनी सिंहले विपदले कुनै जात, वर्ग र क्षेत्रलाइ नछाेड्ने हु्ँदा जाेखिममा रहेका सीमान्तकृतलाइ पहिलाे प्राथमिकता दिइ काम गर्नुपर्ने बताउनुभयाे । कतिपय अवस्थामा स्थानीय निकायले स्थानीय गुठी तथा सामाजिक संघ संस्थासँग मिलेर एक अर्काकाे अस्तित्वलाइ स्वीकार गरेर अगाडि बढ्नु पर्ने र तत्काल राहत मात्र हैन मानवीय संवेदनालाइ पनि महत्व दिनुपर्ने बताउनु भयाे ।
यस्तै गृह मन्त्रालयका उपसचिव तुलसी प्रसाद दाहालले कार्यक्रमका बारेमा बाेल्दै विपदमा समानुपातिक सहभागिताकाे कुरा, स्थानीय तहकाे मेयरहरूकाे सकृय सहभागिता, वीमाकाे कुरा खड्किएकाे उल्लेख गर्दै वीमालाइ घरकाे लागि ऋण लिंदा तथा यातायातकाे साधन नविकरण गर्दा जस्ताे बाध्यकारी नीति बनाउन सक्यौं भने प्रभावकारी हुन सक्ने उल्लेख गर्नुभयाे ।
यस्तै अागलागीकाे विपद तथा दुर्घटना हुनेलाइ गर्ने उपचार खर्च अत्यधिक लाग्ने हु्ँदा सरकार तथा नीजि क्षेत्र दुबैले दायित्व लिनु पर्ने, विपदमा प्रविधिकाे व्यापक प्रयाेग गर्ने, विपद अनुगमनका लागि जाे पायाे त्याे मन लागेकाे ठाउँमा जान नपाउँने नियमन गर्न लागेकाे जानकारी गराउँनुभयाे । यस्तै सूचना सरकारी निकायकाे समन्वयमा पठाउँदा विश्वसनीय हुने हुँदा सरकारी निकाय मार्फत नै पठाउने व्यवस्था गर्नु पर्ने पनि बताउनुभयाे ।

कार्यक्रममा विपदमा नीजि क्षेत्रकाे सहभागिताकाे बारेमा बाेल्दै त्यान्जेन्ट वेभस्का संस्थापक सुमन शाक्यले विपदमा नीजि क्षेत्रबाट अाश गरिएजस्तै नीजि क्षेत्रकाे उद्दमशीलताकाे विकासका लागि पनि सरकारले विशेष ध्यान दिनु पर्ने बताउनु भयाे । शाक्यका अनुसार सरकारले नीजि क्षेत्रलाइ हेर्ने दृष्टिकाेणमा परिवर्तन ल्याउनु पर्छ ।
कार्यक्रममा विपदमा जनस्वास्थ्यका विषयमा जानकारी गराउँदै डा. समीर अधिकारीले
काेविडकाे रिफ्लेकशन, भूकम्पकाे कुरा धेरै वर्षसम्म गरिने उल्लेख गर्दै सातै प्रदेशमा हेल्थ ईमर्जेन्सी फाेकल प्वाइन्ट रहेकाे, काेविडकने सिकाइपछि ल्याव, ईपिडेमियाेलाेजी, संचार, समुदायको सहभागितालाई लिएर धेरै काम गरिएको जानकारी गराउनुभयाे । काेविडकाे समयमा रिसाेर्स नहुँदा भेटेरिनरिमा ह्युमन स्याम्पल टेस्ट गरिएकाे, भ्याक्सिन दिने कुरा चुनाैति भए पनि व्यवस्थापन गरेकाे जस्ता धेरै सिकाइ भएकाे बताउनुभयाे । पछिल्लो समय स्वास्थ्यकाे अवस्थाकाे रिपोर्टअनुसार १४ वर्षमुनिका अामा बढेकाे, मानसिक स्वास्थ्य समस्या बढ्दाे रहेकाे, सडक दुर्घटना दुर्घटना बढ्दाे रहनु स्वास्थ्य क्षेत्रकाे लागि चुनाैति रहेकाे उल्लेख गर्नुभयाे ।
कार्यक्रममा राष्ट्रिय सडक काउन्सिलका तर्फबाट सराेज प्रधानले डाेजरे विकास, भाैगर्भिक तथा जियाे टेक्निकल पार्ट कमजाेर भएकाेले पहिराेकाे समस्या बढ्दाे रहेकाे बताउनुभयाे । प्रधानका अनुसार माटाेकाे गुणस्तर , पानी कुन समयमा कसरी पर्छ ठेगान छैन, कमजाेर माटाेकाे प्रकृति, माटाेकाे प्रकारकाे अध्ययन विना बाटाे बनाउँदा पहिराे, कमजाेर डिजाइन र निर्माण प्रकृयाले पनि पहिराले जाने बताउनुभयाे । नेपालजस्तो पहाडी मुलुकमा पहिराे निरन्तर जानु, याेजना प्रकृया गलत, गलत निर्माण प्रकृया, जियाेलाेजी, जलवायु परिवर्तन , पानी पर्ने राेक्न नसक्दा पनि पहिराे बढी गईरहेकाे उहाँकाे विचार छ । पहिराे जानबाट राेक्न बाटाे वनाउने प्रकृयामा सुधार, याेजना प्रकृया, पहाडकाे स्लाेप म्यानेजमेन्ट , पहाडमा रूख बिरुवा राेप्ने गर्नु पर्छ ।
यस्तै, पूर्व मन्त्री गंगालाल तुलाधरले डिजास्टर रिजिलियन्ट अभियन्ता हुने हाे भने व्यवस्थापन गर्न सकिन्छ भन्ने उदाहरण काेविड व्यवस्थापन रहेकाे उल्लेख गर्दै सबै सरकारकाे सामुहिक प्रतिवद्धता र सहकार्य हुनु जरूरी रहेकाे बताउनुभयाे। बुल्डाेजरे पहिराेकाे समस्या, वस्तिमाथिकाे पहिराे, पहिरो माथिकाे बस्तीकाे अवस्थालाइ न्यूनीकरण गर्न बाटाे बनाउने बेला स्कयाभेटरसँग इन्जिनियर जानू पर्ने बताउनुभयाे । ईन्जिनियरकाे कमजोरीमा लाखाैले विपदकाे सामना गर्नु परेको छ गर्दै उहाँले नीतिमा सुधार गर्न राजनीति दलहरूले पनि विपद व्यवस्थापन विभाग गठन गरेर अगाडि बढेकाे सकारात्मक कुराकाे जनाकारी गराउनुभयाे ।

नेपाल रेडक्रस साेसाइटीका तर्फबाट उमेश ढकालले नेपाल रेडक्रस साेसाइटीेले अाफनाे काम गर्ने शैलीमा परिवर्तन गरेकाे उल्लेख गर्दै पहिला विपद हुनेवित्तिकै मानवीय सहयाेग मात्र गर्ने गरे पनि अब समुदायमा अाधारित रिस्क रिडक्शनकाे काम गरेकाे, विविध खाले विपदमा काम गरेकाे, मल्टिहजार्ड तथा रिस्क इन्फर्म एप्राेचमा गएकाे बताउनुभयाे। साथै उहाँले
समुदायलाई नै केन्द्रमा,राखेर एन्टिसिपेटाेरी एक्शन, गाेदाम निर्माण, पुर्वचेतावनी दिने, सुरक्षा निकायसँगकाे संस्थागत सहकार्यमा गएकाे , जीवन निर्वाहकाे लागि नगद सहयाेग गरेकाे उल्लेख गर्नुभयाे । यस्तै विपदबाट बसाइँसराइमा परेकालाई सहयाेग गर्ने, प्रविधिको प्रयाेग गर्ने, सिन्धुपाल्चोकमा एसएमएसबाट सुचना दिंदा मानवीय क्षति कम भएकाे उल्लेख गर्दै डिजास्टर रिस्क म्यानेजमेन्ट, म्यापिङमा प्रविधिकाे प्रयाेग गरेर समुदायलाई सहयाेग गरिंदै आएकाे बताउनुभयाे । ढकालकाअनुसार मानसिक स्वास्थ्यलाई विपदसँग जाेडेरमात्र हाेइन, रेडक्रसले नगरपालिकासँग सहकार्य गर्दै आएकाे पनि बताउनुभयाे ।
डिपिनेट नेपालका अध्यक्ष सूर्य बहादुर थापाले कार्यक्रमकाे समापनमा धन्यवाद व्यक्त गर्दै पहिलाे सम्मेलनबाट आएका कुरालाई कार्यान्वयन गरेकाे बताउनुभयाे । नेपाल विपदकाे हिसावले संकटापन्न देश भएकाे, बहुप्रकाेपिय विपद खेप्नु पर्ने हुँदा विपद जाेखिम न्यूनीकरणका लागि विभिन्न क्षेत्रकाे अापसमा भएका कुरा अादानप्रदान गर्ने, सहकार्य गर्ने उद्देश्यले सम्मेलन अायाेजना गरिएकाे उहाँले बताउनुभयाे ।