Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

नागरिकता विधेयक कार्यान्वयन हुने, अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने सर्बाेच्चकाे अादेश

नेवाः टाइम्स
June 22, 2023June 22, 2023
FacebookTweetLinkedIn

७ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएपछि नागरिकताविहीनहरुले खुशियाली मनाएका छन् । सर्वोच्च अदालतले बिहीबार उक्त विधेयक कार्यान्वयनका लागि बाटो खुला गरिदिएपछि नागरिकता पीडित संघर्ष समितिले खुशियाली मनाएको हो ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकमा जन्मका आधारमा नागरिकता लिएका नेपालीको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ । तर उक्त विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले २२ जेठमा विधेयक कार्यान्वयनका लागि अल्पकालीन अन्तरिम आदेश दिएको थियो । उक्त रिटकाे विपक्षमा महिला, कानुन र विकास मञ्चकाे तर्फबाट अधिवक्ताहरू सुषमा गाैतम र विनु लामा तथा अन्य स्वतन्त्र अधिवक्ता र सराेकारवाला संस्थाका अधिवक्ताहरूले वहस गर्नुभएकाे थियाे । सर्वोच्चको आदेशपछि जन्मसिद्ध नागरिकका सन्तानले माइतीघर केन्द्रित आन्दोलन गर्दै आएका थिए ।

अाज न्यायाधीश डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउने यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि नागरिकताविहीनहरुले खुशियाली मनाएका हुन् । याे अादेशले करिव अाठ वर्षदेखि नागरिकता नपाएर विभिन्न दुःख झेल्दै अाएका नेपालीहरूले नागरिकता पाउने भएका छन् ।

२०७२ सालकाे संविधान लागू भएदेखि नै जन्मसिद्ध नागरिकता पाएकाकाे सन्तान, एकल अामाका सन्तानले नागरिकता नपाएर दुःख झेल्दै अाएका थिए । नागरिकताकाे सवालमा जनचेतना फैलाउने तथा नागरिकता अधिकारका लागि काम गर्दै अाएकाे संस्था महिला, कानुन र विकास मञ्च, एफडब्लुएलडीले यस अादेशलाइ स्वागत गरेकाे संस्थाका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताउनुभयाे । याे अादेश २०७२ सालकाे संविधानलाइ कार्यान्वयन गर्नेगरी अाएकाे तथा हजाराैं नेपालीले नागरिकता पाएर अाफ्नाे जीवन व्यवस्थित गर्न पाउँने हुँदा पनि याे अादेश स्वागत याेग्य रहेकाे उहाँले बताउनुभयाे ।

स्मरणीय छ, नेपालगञ्जका एक नेपाली युवाले नागिरकता नभएकै कारण अात्महत्या गरेका थिए भने हजाराैं युवा, युवतीहरू अाफ्नाे करिअर अगाडि बढाउन नपाएर मानसिक तनावमा जीवन गुजार्दै अाएका छन् । नेवाः टाइम्सले जेठ १७ गते एक बृद्ध अामाले अाफ्नाे छाेराहरूलाइ नागरिकता दिलाउन नसक्दा सबै परिवार छिन्नभिन्न भएकाे समाचार प्रकाशित गरेकाे थियाे । अब जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानले नागरिकता पाउनेछन् । नागरिकता नपाउँदा उनीहरुले उच्च शिक्षा अध्ययन गर्न, राेजगार गर्न, प्यान कार्ड बनाउन, लाइसेन्स लिन, विदेश जान, बैंकमा खाता खोल्न पनि पाएका थिएनन् । जीवनमा हरेक पलमा चाहिने नागरिकतामैं जीवन अड्किएपछि निस्सार बनेकाे उनीहरूकाे जीवन अब सलल्ल बग्ने अपेक्षा गर्न सकिन्छ । तथापि याे अादेश कार्यान्वयनका लागि सरकारकाे सकृयता भने उल्लेखनीय हुनु पर्छ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes