असार ५, काठमाडाैं । सिजनल भिसा, भिजिट भिसामा विदेश जाने र भिसाभन्दा बढी समय बसेर नेपालीहरू शरणार्थी बन्ने प्रकृया बढ्दै गएकाे तथा मानव तस्करीसम्बन्धी कानुन पनि नभएकाेमा चिन्ता व्यक्त गरिएकाे छ । महिला तथा बालबालिका बेचबिखनविरूद्ध सहकर्मी समूह नेपाल, एटविनकाे अायाेजनामा भएकाे मानव बेचबिखन तथा मानव तस्करी विषयक कार्यक्रममा वक्ताहरूले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा प्रहरी उपरीक्षक नरहरि रेग्मीले अनधिकृत रूपमा वैदेशिक राेजगारमा जानेहरूकाे अवस्था भयावह रहेकाे उल्लेख गर्नुभयाे । अनधिकृत रूपमा विदेश जान चाहने ४०/५० जनाकाे पासपाेर्ट दैनिक हाेल्ड गर्दा पनि उनीहरू जसैगरी पनि विदेश जाने गरेकाे बताउनुभयाे । विदेश भनेपछि कुन देश जाँदैछु भन्ने समेत थाहा नपाइ जाने गरेकाे उल्लेख गर्दै अापत परेर रेस्क्यू नै गरेकाे अवस्थामा पनि फेरि जाने गरेकाे बताउनुभयाे । एजेन्टले मिडिल इस्ट भनेकाे हुन्छ, कता हाे समेत थाहा पाउँदैनन्-एसपी रेग्मीकाे अनुभव भन्छ ।
मानब बेचबिखन अनुसन्धान ब्यूराेका एसपी रेग्मीले नक्कली भुटानी शरणार्थीकाे केश भन्दा गम्भीर रूपमा मानव तस्करीका घटना राेल्पा, रूकुम, दाङ, बाग्लुङ, पर्वत, म्याग्दीमा व्यापक रूपमा बढेकाे र याे क्रम अन्य जिल्लामा पनि व्यापक रूपमा फैलँदै गएकाे बताउनुभयाे । मानव बेचबेचखनका ९० प्रतिशत घटना मानव तस्करीकाे हुने उल्लेख गर्दै उहाँले अहिले धेरै मानिसहरू अलपत्र परेकाे, तस्करीकाे कानुन नभएकाेले अाेसारपसारकाे कानुनलाइ टेकेर मुद्दा चलाउँदा ४० लाख फसेकाेले एक लाख पनि नपाउने अवस्था रहेकाे उल्लेख गनुभयाे । एसपी रेग्मीकाअनुसार नक्कली भुटानी शरणार्थीकाे केशमा सार्वजनिक भएकाे पैसाभन्दा सयाैं गुणा पैसा साेझा नेपालीहरूबाट तस्करहरूले असुलेका छन् । यस्तै सर्वसाधारणबाट उठाएर एक जना तस्करले ५७ राेपनी जग्गामा प्लटिङ गरेकाे र अहिले सम्पर्क विहिन भएकाे कारणले छिटाे भन्दा छिटाे मानवतस्करी विरूद्धकाे कानुन ल्याउनुपर्ने उहाँकाे राय छ ।

कार्यक्रममा अाप्रवासनका क्षेत्रमा लामाे समय काम गर्नुभएकी मीना पाैडेलले मानव बेचबिखन तथा मानव तस्करी बीचकाे भिन्नता, सम्बन्ध र अागामी दिनहरूमा यसकाे सम्बाेधनका लागि पहलकाे अावश्यकता विषयक प्रस्तुति दिनुभएकाे थियाे । संयुक्त राष्ट्र संघीय निकाय, युएसएड, अक्सफाममा समेत रहेर काम गर्नु भएकी मीनाले मानव बेचबिखनका क्षेत्रमा कामगर्ने गैरसरकारी संस्थाहरूलाइ सहयाेग गर्ने दाताहरूलाइ प्रश्न गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयाे- उनीहरूले नेपालकाे प्रवृत्तीलाइ पच्छ्याउने भन्दा पनि अमेरिकी कानुन अनुसार काम गराइएकाे छ, जुन कुरा १९४९काे स्लेभरी कन्भेन्सनमा अाधारित छ, यसले मानवअधिकारकाे कुरा पनि गर्दैन, तस्करीकाे कुरा पनि गर्दैन ।
मानव तस्करहरूकाे राजनीतिक पहुँच, संरक्षण तथा पैसा भएकाे कारणले भाेलि गएर गैरसरकारी संस्थाकाे दर्ता खारेज गर्न सक्ने हैसियत राख्ने उल्लेख गर्दै उहाँले छिटाे मानव तस्करीविरूद्धकाे कानुन ल्याइनु पर्ने बताउनुभयाे ।
एटविनका अध्यक्ष सीता पाैड्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राष्ट्रिय मानवअधिकार अायाेगका प्रतिनिधि यशाेदा बञ्जाडेले अायाेगकाे अागामी प्रतिवेदनमा मानव तस्करीकाे तथ्यांकलाइ पनि समेटिने उल्लेख गनुर्भयाे ।