Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

भूकम्पमा काम गर्दा सफल एनसेट

नेवाः टाइम्स
June 18, 2023June 18, 2023
FacebookTweetLinkedIn

असार ३, काठमाडाैं ।

सूर्य नारायण श्रेष्ठ, कार्यकारी निर्देशक

भूकम्पजन्य विपदका क्षेत्रमा काम गर्दा पहिला कसैले केही सहयाेग गर्दैनथे, भूकम्पका क्षेत्रमा केही गर्न सकिन्न भन्ने भावना थियाे तर काम गर्दै जाँदा गर्न सकिंदाे रहेछ, भएकाे छ- राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा पनि हामीले गरेर देखायाैं । याे उत्साहप्रद भनाइ हाे, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल(एनसेट)का अध्यक्ष डा. अामाेदमणी दीक्षितकाे ।

सन् १९९३मा गैरसरकारी संस्थाकाे रूपमा स्थापना भएर सन् २०२०सम्ममा भूकम्पबाट सुरक्षित नेपाली समुदाय शिर्षकमा काम गर्दै अाएकाे एनसेट नेपालकाे ३०अाैं स्थापना दिवसका सन्दर्भमा डा. दीक्षितले उक्त कार्यअनुभव सुनाउनुभएकाे थियाे । विपद सुरक्षा अभिवृद्दिका लागि पुनः प्रतिज्ञाकाे दिनकाे सन्दर्भमा अायाेजित कार्यक्रममा उहाँले नवप्रवर्तन, विपद हरेक क्षेत्रका एक अापसकाे सहकार्य विना काम सफल हुन नसक्ने बताउँदै संस्थाले लिएकाे लक्ष्यभन्दा अगाडि बढ्न सकेकाेमा खुशी व्यक्त गर्नुभयाे । साथै उहाँले विपदकाे क्षेत्रमा काम गर्दा सेण्डाइ फ्रेम वर्क, सहस्राब्दि विकास लक्ष्य र सरकारका नीति निर्देशन पालना गरेर अगाडि बढ्दा संस्था सफल भएकाे अनुभव सुनाउनुभयाे ।

संस्थाका कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठका अनुसार संस्थाले अागामी दिनमा जलवायु् परिवर्तन, बाढी पहिराे जस्ता विपदका क्षेत्रमा प्राविधिक विशेषज्ञतासहित काम अगाडि बढाउने छ। अाफ्नाे क्षमता भूकम्प विज्ञान प्रविधिकाे साथै बाढी, पहिराे तथा अागलागीमा पनि रहेकाेले अब उक्त क्षेत्रमा पनि काम प्रविधिकाे माध्यमबाट अगाडि बढाउने श्रेष्ठले बताउनुभयाे । उहाँका अनुसार संस्थाले सन् २०२० सम्मकाे लक्ष्यलाइ अद्दावधिक गरेर सन् २०५०सम्म पुर्याएकाे छ ।

एनसेट दिवसकाे सन्दर्भमा संस्थाले गर्दै अाएकाे कृयाकलापकाे प्रदर्शनीकाे पनि अायाेजना गरिएकाे थियाे ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes