
प्रत्येक दश–दश वर्षमा गरिने जनगणनाको नतिजा आफैमा रोचक हुन्छ । नतिजाहरू अलि शंकास्पद र विवादित पनि हुन्छन् । राष्ट्रिय जनगणना, २०७८ मा आधुनिक प्रविधिको प्रयोग गरिएका कारण नतिजा अलि चाँडै प्रकाशित हुने अपेक्षा राख्नु गल्ती होइन तर ढिलो भयो । बल्ल बल्ल आएको नतिजा पनि पूर्ण थिएन । जाति, भाषा, धर्म जस्ता महलहरूकाे तथ्याङ्क केही दिनअघि मात्रै बल्ल प्रकाशित भयो । धर्मलगायत तथ्याङ्क प्रकाशित गर्न भइरहेको ढिलाईलाई लिएर अनेक खालका अडकलहरू पनि गर्न थालिएको थियो । प्रकाशित नतिजामा तथ्याङ्कभन्दा मिथ्याङ्ककाे गन्ध बढी भएकाे सन्दर्भमा ती अडकलहरूलाई आधारविहिन भन्न मिल्दैन ।
प्रकाशित नतिजामा टिप्पणी गर्ने कुराहरू थुप्रै छन्, लामो नै होला । सोध्नै पर्ने एउटा प्रश्न भने यस्तो रह्यो, “कुनै पनि धर्म मान्दिन” भन्ने एउटा जमात पनि नेपाली समाजमा छ । त्यो जमातको नतिजा खोइ त ?

सामान्यतः प्रश्न उठ्छ, धर्म भनेर कसलाई भनिएको हो । धर्मका अनेक अर्थ छन् । प्रत्येक धर्म सम्प्रदायका आफ्नै भाष्य छन् । एक भाष्यले अर्को भाष्यलाई धर्म नै मान्दैन । ठाडो भाषामा भन्ने हो भने, धार्मिक सहिष्णुुता, धार्मिक सद्भाव लगायतका शब्दहरू औपचारिक मात्रै हुन् । आफ्नो कुरा मात्रै धर्म हो, अरु त अधर्म भन्ने सोच प्रायः धर्मसम्प्रदायको साझा चरित्र रहेको पाइन्छ । तर पनि आआफ्ना आस्था आआफ्ना ठाउँमा छन्, सबै मिलिजुली बसौं, सबैले सबैको अस्तित्वलाई स्वीकारौं भन्ने मनसायले सामाजिक सद्भावको विकास गरेको पाइन्छ ।
कतिपय सामाजिक कार्य सम्पन्न गर्न विभिन्न धर्म सम्प्रदायबीच संयुक्त मोर्चा बनाउने चलन पनि चलेको पाइन्छ । यो राम्रो अभ्यास हो । मानव जीवनलाई संकटबाट माथि उतार्न तथा सुख र शान्तिका लागि विभिन्न धर्महरूमा साझा कुुराहरू पनि रहेको र ती साझा कुराको प्रवर्धन गर्न पनि संस्थागत रुपमा लागेको पाइन्छ । यी बेग्लै कुरा हुन् तर यस्ता विभिन्न आस्थाहरूको संगठित नामलाई नै धर्म भनेर बुुझ्ने र बुुझाउने अर्को भाष्य पनि छ । यही भाष्यअनुुसार नेपालको राष्ट्रिय जनगणनाले १० वटा धर्मको नाम दिएको छ । ती दश वटा धर्महरूमा हिन्दूू, बौद्ध, इस्लाम, किराँत, क्रिश्चियन, प्रकृति, बोन, जैन, शिख र बहाई रहेका छन् । कसको तथ्याङ्क कति निस्क्यो, यो बेग्लै प्रश्न हो । विषयान्तरण नगरौं । यो जनगणनाले सबै नेपाली कुनै न कुुनै धर्म मान्छन् भन्ने देखाउन खोजेको छ । यसै विषयवस्तुुलाई लिएर प्रश्न वा छलफल गर्न सकिन्छ । तर राष्ट्रिय जनगणनाले याे पक्षलाई पूर्णतः उपेक्षा गर्याे । “मष्टाे धर्म मान्छु” भन्नेकाे जवाफ नै लिन मानेन गणकहरूले । प्रकाशित नतिजामा मष्टाे धर्म नै नदेखाइनुकाे अर्थ हाे, मष्टाे धर्म भन्नेकाे गणना गणक अाफैले वा तथ्याङ्क विभागले अन्य धर्मममा राखिदियाे । अर्थात मिथ्याङ्क बनाइदियाे ।
धर्महरू नितान्त रुपमा आस्थाका कुरा हुन् । कतिपयका लागि धर्म पैतृक रुपमा आउने र अपनाउने भन्ने मान्यता छ । अझ आफ्नो धर्म जस्तो सुकै भएपनि परधर्म भयावह भन्ने आदर्श बोक्नेहरू पनि छन् । यसको विपरित धर्मान्तरण गर्ने र गराउनेहरू पनि पाइन्छन् । कुन धर्मले कस्तो आस्था बोक्छ, कसको के राम्रो वा नराम्रो भन्ने कुराहरू व्यक्तिपिच्छे फरक पर्ने कुरा हो । धर्मका यी कुराहरूप्रति पूूर्णतः उदासिन वा सरोकार नै नराख्ने पनि पाइन्छन् । अझ हाकाहाकी “धर्म नै मान्दिनँ, नास्तिक हुँ” भन्ने पनि पाइन्छन् । धर्म भन्ने कुरा नै नमान्नु पनि एक खालको आस्था नै हो र त्यसलाई पनि आफ्नो अभिव्यक्ति स्वतन्त्रता दिनुु पर्छ तथा समावेशी गर्नु पर्दछ भन्ने मान्यताको पनि विकास भएको छ ।
भौतिकवाद पनि एउटा पुुरानै आस्था हो । उहिले यसलाई लोकायत दर्शन भनिन्थ्यो । भौतिकवादीहरू सामान्यतः स्वर्ग, नर्क, पूर्वजन्म, पुनर्जन्म, देवीदेवतालगायत कुनै पनि कुरालाई मान्दैनन् । उनीहरूका लागि भौतिक जगतमा जेजति देखिन्छ, यथार्थ यति हो । यो भन्दाबाहेक अन्धविश्वास हो ।
यी भौतिकवादीहरूले धर्म–दर्शनको सर्सर्ती अध्ययन गरेर बुद्ध र बुुद्धको शिक्षा पनि भौतिकवादी नै हो, बुद्धका अनुुयायीहरूले यसलाई धर्म बनाएर बित्यास नै पारि दिए भन्ने मन्तव्य व्यक्त गर्दछन् । यदि बुद्ध आफै भौतिकवादी हुँदा हुुन् त, उपदेश नै किन दिएर बस्नु पर्यो ? तत्कालीन समाजमा विभिन्न नामका भौतिकवादी दर्शनहरूको जगजगी कम्तीको थिएन । बुद्ध शब्दमै गैर भौतिकवाद निहित छ । बुद्धको अर्थ हो, बोध भएको । जन्म र मरणको कारणलाई अन्त्य गरी अब पुनर्जन्म नहुने भइसकेको । यसलाई निर्वाण शब्दको प्रयोग गरिन्छ । यी कुराहरू कुनै पनि भौतिकवादीले पचाउन सक्ने कुुरा होइन । स्वयं गौतम बुद्धले भौतिकवादीहरूका सन्दर्भ मिथ्यादृष्टि र यस्तो मिथ्यादृष्टिले जीवनलाई दुःखमा नै अल्झाइ राख्छ भनेर बरोबर उपदेश दिने गरेको पाइन्छ ।
भौतिकवादी भनेर स्पष्ट रुपमा चिनिने जमात हो, कम्युनिष्ट नामको राजनीतिक विचारधारा बोक्ने । यस विचारधाराको ऐतिहासिकता नकेलाई, उनीहरूले धर्मको सवालमा के धारणा राख्छ भनेर हेर्दा, रमाइला तथ्यहरू भेट्टाइन्छ । कम्युनिष्टहरूका गुुरु मानिने दार्शनिक कार्ल मार्क्सले धर्मलाई अफिम भनेका छन् । कम्युुनिष्टहरूको एउटा आदर्श नै विभिन्न नामका धर्महरूलाई नास्नु हो । यसअनुसार राजनीतिक सत्ता हातमा आएपनि कम्युुनिष्ट सत्ताले धर्म नामको कुरा तथा धार्मिक सम्प्रदायमाथि दमन गरेको पाइन्छ तर पूर्णतः दमन गरेर नास्न सकेको उदाहरण कहीँकतै पाइँदैन । कम्युनिष्टहरू धर्मका सम्बन्धमा नकारात्मक टिप्पणी गर्नमा तत्पर हुँदै गरेको पनि पाइन्छन् । बुद्धलाई पनि आफूूजस्तै भौतिकवादी देखेर यसको अध्ययन त गर्दछन् तर व्याख्या गर्दा अबौद्ध दर्शनलाई अगाडि सार्दछन् र समाजलाई अलमल्याइदिन्छन् । कतिपय कम्युनिष्टले आफूलाई बौद्ध भने चिनाउने गरेको पनि पाइन्छ, यो भनेको दुुई विपरित दिशामा गइरहेका नाउमा बसेर यात्रा गर्नुजस्तै हो ।
को कति आस्तिक वा नास्तिक भन्ने नापजाँच गर्ने संयन्त्र छैन, आफैले स्वीकार्ने वा नस्वीकार्ने मात्रै हो । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएसँगै यो जमात धर्म मान्दैन भनेर बुुझ्न गलत होइन । यो राजनीतिक विचारधारा बोक्ने जमातको विकास नेपाली समाजमा दूू्रतत्तर गतिमा भएको पाइन्छ । वर्तमानमा राजनीतिक शक्तिहरूको गणना गर्ने हो भने कम्युनिष्ट विचारधारा बोक्नेहरूकै बर्चश्व छ । कम्युुनिष्ट विचारधारा बोक्नेहरू सबै एउटै मन्चमा आउने वा एउटै दल बन्ने हो भने कार्ल माक्र्सले देखेको सपनाले नेपालमा सजिल्यैसँग मूूर्त रुप लिन्थ्यो । तर यथार्थमा के हो भने, नेपाली समाजलाई कार्लमाक्र्सको सपनाले चिन्दैन ।
देशको कूलजनसंख्याको आधाभन्दा बढी कम्युनिष्टहरू देखिएपनि व्यवहारमा तिनीहरू कम्युुनिष्ट नै होइनन् भन्ने एउटा ताजा दावी राष्ट्रिय जनगणता, २०७८ पनि हो । कम्युुनिष्टहरूले कुनै पनि धर्म मान्दैन वा मान्नुु हुँदैन भन्ने आदर्शलाई आधारविपरित नेपालमा सबका सबै कम्युुनिष्टले कुनै न कुुनै धर्म मानेको पाइयो ।
धर्म नमान्नेहरू कम्युनिष्ट र मान्नेहरू अन्य, यो पनि होइन । राष्ट्रिय जनगणनामा जसरी कम्युुनिष्टहरूको चरित्र गणना भएन, धर्म नमान्ने गैर कम्युुनिष्टहरूको पनि गणना भएन । धर्मको महलमा धार्मिक मात्रै गणना भयो, गैर धार्मिकको गणना नै भएन । गैर धार्मिकको तथ्याङ्क बिनाको धार्मिक तथ्याङ्कको प्रयोजन नै के रह्यो र ? यस सन्दर्भमा धर्मका सवालमा राष्ट्रिय जनगणनाको औचित्य नै देखिएन । स्पष्ट चित्र पनि आएन । धर्म नै नमान्ने भनेर गणकलाई उत्तर दिनेहरूको आकारलाई कम आँक्न मिल्दैन तर त्यसलाई लुकाउने काम भयो । किन लुकाइयो ? यस सम्बन्धमा तथ्याङ्क विभागले जवाफ दिनुपर्दछ । कम्युुनिष्टहरूलाई त यो जनगणनाले बदनाम नै ग¥यो वा उनीहरूको चरित्रलाई स्पष्ट चित्रण ग¥यो ।
धर्म आस्थाको कुरा हो, मान्नेले मान्छ नमान्नेले मान्दैन भनेर कम्युुनिष्टहरू पन्छिन छूट छैन । स्पष्ट पार्नु पर्दछ, आफूले धर्म मानेको छ कि छैन ? धर्म मान्नेहरू कम्युुनिष्ट हुन नसक्ने हुुनाले आफू कम्युुनिष्टबाट पतन भइसकेको वा कम्युुनिष्टको खास्टो ओढेर मात्रै बसेको भनेर स्पष्ट पार्नुुपर्दछ । यस सम्बन्धमा राष्ट्रिय जनगणनाको नतिजाले दुुई चार जना कम्युुनिष्टको होइन, समस्त कम्युुनिष्टहरूलाई नाङ्गेझार पारिदिइसकेको छ । यसअनुसार नेपालमा कम्युुनिष्टहरू नै छैनन् । तर तथ्याङ्क विभागले गडबड गरेको भए, आफूूहरूबारे लागेको गम्भीर लान्छनाका लागि विभागसँग सोध्नु यो जमातको नैतिक दायित्व हो ।