काठमाडौं, जेठ १५ गते । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित १९ जनाको कैद सजाय माफी गरेसँगै चौधरी रिहा भएका हुन् । उनकाे रिहाइलाइ लिएर पक्ष र विपक्षमा चर्काे बहस पनि हुन थालेकाे छ ।
टिकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरीले रिहाइ पछि यसलाइ अाकस्मिक रूपमा नलिएकाे बरू अलि ढिलाे भएकाे प्रतिक्रिया दिए । टिकापुर घटनामा अाफू संलग्न नभएकाे, घटनाकाे बेला अाफू घटनास्थलमा छँदा पनि नभएकाे तर विना कारण अाफूलाइ दाेषी मानिएकाे प्रतिक्रिया दिँदै अाएका छन् । रिहा भएपछि दिएकाे प्रतिक्रियामा टिकापुरकाे अान्दाेलन राजनीतिक भएकाे तर हत्याकाण्डलाइ दुर्भाग्यपूर्ण भनेका छन् ।
टिकापुर हत्याकाण्डमा प्रहरी तथा बालकसहितकाे हत्या भएकाे थियाे । हत्यामा संलग्न भनी अदालतबाट कैद सजाँय पाएकालाइ गणतन्त्र दिवसकाे नाममा अाममाफी दिएकाे भन्दै कतिपयले विराेध गरिरहेका छन् भने कतिपयले यसलाइ राज्यकाे सही निर्णय भन्दै प्रशंसा गरिरहेका छन् ।
राष्ट्रपतिबाट गणतन्त्र दिवसको अवसरमा आम माफी पाएका उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीलगायत अन्य नेता कार्यकर्ता र शुभेच्छुकहरु डिल्लीबजार कारागार पुगेर रेशम चाैधरीलाई फूलमालाले भव्य स्वागत गरेका छन् ।