Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • समाज
  • महिला
  • स्वास्थ्य
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • विश्व
Menu

सडक दुर्घटनाबाट हुने जोखिम कम गर्न बजेटमा प्राथमिकता दिन सुझाव

नेवाः टाइम्स
May 17, 2023May 17, 2023
FacebookTweetLinkedIn

जेठ ३, काठमाडौं ।

नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले आगामी बजेट तर्जुमा गर्दा सडक दुर्घटनाबाट हुने जोखिम कम गर्न प्राथमिकता दिन सरकारलाई सुझाव दिएको छ । 

     रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को सहयोगमा काठमाडौँ जिल्ला शाखाअन्तर्गत सञ्चालन भइरहेको नयाँ पुस्ताका लागि सडक सुरक्षासम्बन्धी शैक्षिक कार्यक्रमको समीक्षा बैठकले सडक सुरक्षाका निम्ति महानगरले आगामी बजेट तर्जुमा गर्दा त्यससम्बन्धी व्यवस्था गर्न पहल गर्न माग गरेकाे हाे ।

 काठमाडौँ महानगरले आफ्नो क्षेत्रभित्रका विद्यालयमा प्रत्येक शुक्रबारलाई बुक फ्रि फ्राइडेको अवधारणामा अगाडि बढाइरहेको र अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको अवस्थामा विद्यार्थीलाई सडक सुरक्षासम्बन्धी ज्ञान दिन सके दुर्घटना न्यूनिकरणमा प्रभावकारीता अाउने कार्यक्रमका सहभागीले बताए। 
    सन् २०२२ को मे महिनादेखि सुरु भएको नयाँ पुस्ताका लागि सडक सुरक्षासम्बन्धी शैक्षिक कार्यक्रमको वार्षिक प्रगति विवरण पेस गर्दै कार्यक्रम सञ्चालित विद्यालयका शिक्षक तथा विद्यार्थी, पत्रकार र जिल्लास्तरका अन्य सरोकारवाला निकायको उपस्थितिमा कार्यक्रम भएको हो ।

 सो कार्यक्रमको  लक्ष्य भनेको किशोरकिशोरीलाई सडकमा हुने जोखिम बारेमा सिकाउनु र दुर्घटनाबाट कसरी जोगिने भन्ने कुरा सिकाउनु तथा दुर्घटना भइहालेको अवस्थामा त्यसको प्रतिकार्य गर्ने सीपको विकास गर्नु रहेको नेपाल रेड्क्रस सोसाईटी काठमाडौ जिल्ला शाखाका सभापति श्याम डोटेलले जानकारी दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखा र विपद् पत्रकारिता सञ्जालका, (डिजेएन) बीचमा विपद न्युनीकरणका लागि अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।

 कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौ, नेपाल प्रहरी, ट्राफिक प्रहरी, काठमाडौ महानगरपालिका तथा  शिक्षा शाखाका अधिकृतहरु, रेडक्रसको अन्तर्राष्ट्रिय महसंघ, नेरेसो केन्द्रीय कार्यालय, कार्यक्रम संचालन भएका २१ वटा सरकारी बिद्यालयका शिक्षक, नायक नायिका ,विद्यार्थी तथा नेरेसो काठमाडौ जिल्ला शाखालगायत पदाधिकारीहरुको उपस्थित रहेको थियो । 

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • शिलुकाे साङ्केतिक भाषा माेह
  • वातावरण संरक्षणमा समस्या बनेकाे प्लास्टिक
  • वातावरण र विपद एक सिक्काकाे दुई पाटाेः ‘डिजास्टर डाइलग’
  • जनगणनामा हराएका कम्युनिष्टहरू
  • राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
  • इ–जस्टिस प्रणाली लागू गरिनु पर्छः न्यायाधीश सपना प्रधान मल्ल
  • टुँडिखेलमा गणतन्त्र दिवस
  • रेशम चाैधरीकाे रिहाइमा समर्थन र विराेध
  • सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नु पर्दैन ?
  • समस्याग्रस्त कार्यक्रम: स्कुल स्यानिटरी प्याड
  • सूचनाको हकको दृष्टिकोणबाट श्रीलंका सशक्त
  • सडक बालबालिकालाई नागरिकताकाे प्रमाणपत्र प्रदान गर्न परमादेश जारी
  • सिति नखःको वातावरणीय कुरा
  • हावाहुरीका कारण सुर्खेतको चौकुनेमा क्षति
  • लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने
  • भानुभक्तले नदेखेको काठमाडौं हर्क साम्पाङले देखेपछि
  • माैसममा पश्चिमी वायुकाे प्रभाव
  • जलवायु परिवर्तनको न्यूनीकरणका लागि जैविक विविधता संरक्षण
  • सडक दुर्घटनाबाट हुने जोखिम कम गर्न बजेटमा प्राथमिकता दिन सुझाव
  • गिद्ध चिनौं बुद्ध बुझौं

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes