Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • समाज
  • महिला
  • स्वास्थ्य
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • विश्व
Menu

किन राेकिएन बालविवाह ?

अमिका राजथला
December 20, 2022April 16, 2023
FacebookTweetLinkedIn

पुस ५, काठमाडौं ।
कानुनले बालविवाह निषेध गर्दा गर्दै तथा थुप्रै गैरसरकारी संस्थाहरूबाट समाजमा अभिमुखीकरण कार्यक्रम संचालन हुँदाहुँदै पनि बालविवाह रोकिन नसकेकोमा अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज सिविनको ३५औं वार्षिकोत्सवका सन्दर्भमा आयोजित एक कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गर्दै उक्त चिन्ता व्यक्त गर्नभएको हो । उहाँले आफू तथा आयोग बालअधिकार संरक्षणका लागि प्रतिवद्ध रहेको उल्लेख गर्दै बालविवाह न्यूनिकरण गर्न राज्यले विशेष पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा उहाँले बालअधिकारका क्षेत्रमा योजनाअनुसार नै काम गर्दै आएको बताउँदै कारणवश (आमासँग) कारागार पुगेका बालबालिकाको अधिकार सुरक्षित हुनुपर्ने तथा उनीहरूको सुविधा सुनिश्चित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सिविनका संस्थापक अध्यक्ष गौरी प्रधानले बालबालिकाका क्षेत्रमा बालबालिकाका क्षेत्रमा काम गर्दा बाल कल्याणको दृष्टिकोणबाट भन्दा बालअधिकारको दृष्टिकोणबाट अगाडि बढ्नुपर्ने औल्याउँदै आफूले हात समाएर अगाडि बढाएका बालबालिका अहिले नेतृत्व तहमा पुगेको देख्दा गौरव लाग्ने गरेको बताउनुभयो । उहाँले बालअधिकारका क्षेत्रमा काम गर्ने आफूपछि नै चौंथो पुस्ता तयार भएकोमा खुशी व्यक्त गर्नुभयो । यद्यपि, वर्षौदेखि काम गर्दा पनि अझै बालविवाह नरोकिएको, बाल बेचविखन नरोकिएको, बालश्रममा कमी नभएको उल्लेख गर्दै भन्नु्भयो– हामीले थाक्ने समय छैन । बालबालिका हाम्रो गौरव हो, हरेक क्षेत्रलाई बालकेन्द्रित दृष्टिकोणबाल विश्लेषण गर्ने हो भने मात्र देशको विकास हुन सक्छ ।
तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेकाअनुसार यस पटकको जनगणनामा उमेर समूहअनुसारको तथा फरक किसिमले तथ्यांक तयार पारिएकोले बालबालिकासम्बन्धी नीति बनाउन सहयोग हुनेछ ।
कानुनले निषेध गर्दा गर्दै पनि २० वर्षमुनिका बालबालिकाको विवाह भईरहेकोले सन्दर्भमा उहाँको कथन थियो, कानुन मात्र भएर नहुने रहेछ । तथ्यांकको क्षेत्रका ‘रिभोलुसन’ नै भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– तथ्यांकमा आधारित भएर पैरवी गरिनुपर्छ, तथ्यांकले समाजको संरचनामा परिवर्तन ल्याउछ ।
कार्यक्रममा सिविनका कार्यकारी निर्देशक सुम्निमा तुलाधर बालबालिका नै संस्थाको प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै पीडकलाई न्यायको दायरामा ल्याउन बालबालिकाले नै सहयोग गरेको उल्लेख गर्दै भूकम्प तथा कोविड महामारी जस्तो विपदको समयमा पनि बालअधिकारको पक्षमा हजारौं बालबालिकासँग काम गर्न सकेकोमा बालबालिका नै आफूहरुको प्रेरणा तथा गौरव भएको बताउनुभयो ।
‘बालबालिका राष्ट्रिय गौरव हुन्’ भन्ने अभियानका साथ मनाइएको ३५ औं वार्षिकोत्सवसँगै सिविनले यसको आधार, दृष्टिकोण र प्रकृयाहरू तर्जुमा गरिसकेको छ । अभियान कार्यान्वयन गर्नेसम्बन्धमा सन् २०३० सम्ममा अंगिकार गर्न विभिन्न १० बुँदे सूचकांक पनि निर्धारण गरिएको छ ।
संस्थाका अध्यक्ष माधव प्रधानले सन् १९८७ मा बालअधिकार आन्दोलनका लागि पहिल्याइएका दृष्टिकोणहरू आज पनि उत्तिकै सान्दर्भिक भएको तथा एकपछि अर्को प्रमाणित हुँर्दै गएकोमा गौरव महसुस हुने गरेको कार्यक्रममा बताउनुभयो ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • शिलुकाे साङ्केतिक भाषा माेह
  • वातावरण संरक्षणमा समस्या बनेकाे प्लास्टिक
  • वातावरण र विपद एक सिक्काकाे दुई पाटाेः ‘डिजास्टर डाइलग’
  • जनगणनामा हराएका कम्युनिष्टहरू
  • राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
  • इ–जस्टिस प्रणाली लागू गरिनु पर्छः न्यायाधीश सपना प्रधान मल्ल
  • टुँडिखेलमा गणतन्त्र दिवस
  • रेशम चाैधरीकाे रिहाइमा समर्थन र विराेध
  • सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नु पर्दैन ?
  • समस्याग्रस्त कार्यक्रम: स्कुल स्यानिटरी प्याड
  • सूचनाको हकको दृष्टिकोणबाट श्रीलंका सशक्त
  • सडक बालबालिकालाई नागरिकताकाे प्रमाणपत्र प्रदान गर्न परमादेश जारी
  • सिति नखःको वातावरणीय कुरा
  • हावाहुरीका कारण सुर्खेतको चौकुनेमा क्षति
  • लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने
  • भानुभक्तले नदेखेको काठमाडौं हर्क साम्पाङले देखेपछि
  • माैसममा पश्चिमी वायुकाे प्रभाव
  • जलवायु परिवर्तनको न्यूनीकरणका लागि जैविक विविधता संरक्षण
  • सडक दुर्घटनाबाट हुने जोखिम कम गर्न बजेटमा प्राथमिकता दिन सुझाव
  • गिद्ध चिनौं बुद्ध बुझौं

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes