Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

रहेनन् शताब्दी पुरूष सत्यमाेहन जाेशी

नेवाः टाइम्स
October 16, 2022October 16, 2022
FacebookTweetLinkedIn

३० असोज, काठमाडौं । शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे १०३ वर्षकाे उमेरमा आज विहान निधन भएकाे छ ।

जाेशीकाे मुटु र प्राेस्टेटकाे समस्या भएर असाेज ७ गते अस्पताल भर्ना गरिएकाे थियाे । रगत परीक्षणकाे क्रममा उहाँमा डेंगू संक्रमण पनि देखिएकाे थियाे । उपचारका क्रममा सुरूमा सुधार देखिएपनि केही दिन यता स्वास्थ्य स्थिति गम्भीर हुँदै गएकाे थियाे । उपचारकै क्रममा आज विहान ७ः०९ मा निधन भएकाे हाे ।

वि.सं. १९७७ बैशाख ३० गतेका दिन ललितपुरस्थित बखुंबहालमा आमा राजकुमारी देवी र बाबु शंकरराज जाेशीकाे काेखबाट जन्मेका उहाँ नेपाली इतिहास, संस्कृति, पुरातत्व, साहित्यलगायतका क्षेत्रकाे अग्रणी तथा मार्गदर्शकका रूपमा उच्च सम्मानित व्यक्तित्व हुनुहुन्छ ।

‘आयाे छाेटाे दिन अब’ शीर्षककाे कविता शारदा पत्रिकामा प्रकाशित गरेर साहित्य क्षेत्रमा प्रवेश गर्नु भएका उहाँले खण्डकाव्य हुँदै महाकाव्य ‘जयप्रकाश’ समेत लेख्नु भएकाे छ । ‘क्रान्तिका लहर’ कविता संग्रह हाे भने निवन्ध संग्रहमा ‘गुलाब र गुराँस’, ‘राजमुकुट र राज्याभिषेक’, ‘कलाकार अरनिकाे’, ‘न्युजिल्याण्डमा पहिलाे नेपाली’ प्रकाशित छन् । यसरी नै ‘गाैतम बुद्ध’, ‘सिपाही र रैती’, ‘दैलाकाे बत्ती’, ‘जब घाम लाग्छ’, ‘फर्केर हेर्दा’, ‘मृत्यु एक प्रश्न’ आदि नाटकहरू प्रकाशित छन् ।

पुरातत्व विभागकाे निर्देशक हुनुभई अनेकाैं काम गर्नु भएका उहाँले जीवनपर्यन्त इतिहास, संस्कृति र पुरातत्वका सम्बन्धमा चिन्तनमनन गर्नुभएकाे पाइन्छ । यस बीचमा उहाँले कला, सम्पदा, इतिहास तथा पुरातत्व विषयक अनेक कृतिहरूकाे लेखन तथा प्रवचन दिनु भएकाे छ । नेपाली लाेक गीत एक अध्ययन, नेपाली लाेक संस्कृति, नेपाली राष्ट्रिय मुद्रा, पुरातत्व एक राेचक कथा, कर्णाली लाेक संस्कृति, नेपाली मूर्तिकलाकाे विकासक्रम, नेपाली धातुमूर्ति विकासक्रम, नेपाली चाडपर्व, नेपाःया बाैद्धकला, नेवाः व नेवाःलाेकसाहित्य आदि कृतिहरू प्रकाशित छन् । उहाँका अलग अलग तीन कृतिले बेग्लाबेग्लै समयमा प्रतिष्ठित मदन पुरस्कार तीन पटक प्राप्त गरेकाे थियाे । दाेहाेर्याएर उक्त पुरस्कार पाउने उहाँ एकल व्यक्तित्व हुनुहुन्छ ।

अनेकाैं पदक, पुरस्कार तथा सम्मानहरूबाट सम्मानित उहाँलाई शताब्दी पुरूषका रूपमा नेपाली समाजमा चर्चित एवं लाेकप्रिय हुनुहुन्छ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ
  • नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे प्रष्टाेक्ति
  • नेपाल वायु प्रदुषणकाे उच्च जाेखिममा
  • पैसा र पदको लागि राजनीति गरेको होइन: स्नेहलता ओनं श्रेष्ठ
  • सहभागितामूलक पुनर्लाभ दिग्दर्शनका लागि छलफल
  • चन्द्रमा बारे १० रोचक तथ्य
  • सप्तकोशी नदी चतरामा सतर्कता तह नजिक

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes