Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

धेरै मिल्ने साथीहरू पर पर भएः अष्टलक्ष्मी शाक्य

नेवाः टाइम्स
September 26, 2022May 4, 2023
FacebookTweetLinkedIn


काठमाडौं, १० असोज ।

नेकपा एमालेका उपाध्यक्ष तथा वागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ।

‘धेरै मिल्ने साथीहरू पर पर भए, हात मिलाउने त टाढाको कुरा । नेपालमा कम्युनिस्ट आन्दोलनको विग्रह जोगाउन यो संस्थाको पहल सानो होला तर महत्व ठूलो छ ।’ यो भनाई नेकपा एमालेका उपाध्यक्ष तथा वागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको हो । पार्टी विभाजन हुँदा एउटै पार्टीमा रहेका साथीहरूको व्यवहारलाई लिएर टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘परिवर्तन हामीले ल्याउने हो, विसंगति बढ्यो भनेर निराश हुनु जरूरी छैन, हामीले गरेको एउटा महत्वपूर्ण कामले पनि मार्ग प्रशस्त गर्ने हुन्छ ।’ मोतिदेवी स्मृति केन्द्रको १२ औं सधारणसभाको अध्यक्षता गर्दै उहाँले उक्त विचार व्यक्त गर्नुभएको हो ।

मोतिदेवी स्मृति केन्द्रको अध्यक्षसमेत रहनुभएकी शाक्यका अनुसार केन्द्रले विविध अप्ठ्यारोका वावजुद पनि राजनीतिक दस्तावेजिकरणको लागि महिलाहरूको जीवनी ‘प्रेरणादायी महिलाहरू’ र संघर्षशील योद्दाहरूको जीवनी प्रकाशन गर्दै आएको छ । महिलाको आर्थिक सशक्तिकरणका लागि उद्योग तथा उद्यमशीलताको लागि पनि काम गर्दै आएको उहाँले कार्यक्रममा बताउनुभयो ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले मोतिदेवी स्मृति केन्द्रले महिला आन्दोलनका लागि गर्दै आएको कामको लागि आभार ब्यक्त गर्दै राणा शासनको अन्धकारमा निरक्षर महिलाले आँट गर्नु असाधारण कुरा हो भन्नुभयो । ‘पाँच सात जना मान्छे जम्मा हुन कठिन अवस्थामा पार्र्टी गठन गर्ने, मुलुक समृद्ध बनाउने कुरा तत्कालीन अवस्थामा अकल्पनीय थियो । कुहिनाले पहाड ठोकेर पहाड भत्किन्छ र ? भन्ने असम्भव कुराको सपना देख्नु नै तत्कालीन अवस्था वास्तविकता थियो’, उहाँले भन्नुभयो । संघर्षशील महिला मोतिदेवी अथवा दुर्गा देवीको नाममा संस्था गठन हुनु र लोकतान्त्रिक आन्दोलनका लागि योगदान दिनु सानो कुरा नभएको बताउँदै उहाँले ‘ईमानदारहरू पछि पछि पर्दै जाने, पार्टी र राजनीतिलाई उद्योगको रूपमा, व्यापारको रूपमा अगाडि बढाउने खतरनाक अवस्थाको बढोत्तरी हुँदै गएको छ’ भन्नुभयो ।

राजनीति व्यक्तिगत सुखसयलमा प्रयोग हुन थाल्दा तत्कालीन त्यागी नेताहरूको सपना धुमिल हुँदै गएकोले निःस्वार्थ सेवा दिन तयार हुने युवा वर्गलाई मोतिदेवीले तालिम दिनु पर्ने बताउँदै उहाँले मोतिदेवी एक जना व्यक्ति भए पनि उहाँको नाममा खुलेको संस्थाले लाखौं जनतालाई प्रशिक्षण दिन सक्ने बताउनुभयो ।
राजनीतिक विकृति बढ्दा जनतामा वितृष्णा बढदो भएकाले विकृतिविरूद्ध लड्नु पर्ने आजको आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो, राजनीति गरेर लुटेर खाने होईन ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य गरिमा शाहले मोतिदेवीको भूमिकालाई जिवित राख्न अष्टलक्ष्मीको नेतृत्वमा स्थापित संस्थामा काम गर्न आफू तत्पर रहेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलन विभक्त भईरहेको अवस्थामा मोतिदेवी स्मृति केन्द्र सकृय हुनु पर्ने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘पुँजीवादको प्रभावमा नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाएर नेपाल र नेपालको महिला आन्दोलनलाई सशक्त गर्नु पर्छ’ ।
कार्यक्रममा मोतिदेवी स्मृति केन्द्रका सचिव तथा वागमती प्रदेशका पूर्व सांसद केशव प्रसाद पोखरेलले संस्थामा आर्थिक स्रोतको अभाव तथा जनशक्तिको पनि अभाव रहेको जानकारी गराउँदै संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले केन्द्रले प्रकाशन गर्दै आएको पुस्तक प्रकाशनको कार्यलाई निरन्तरता दिने तथा श्रमिक महिला दिवस (८मार्च)का सन्दर्भमा विभिन्न क्षेत्रका महिलाहरुलाई गरिंदै आएको सम्मान कार्यक्रमलाई पनि निरन्तरता दिंदै थप कार्यक्रमहरूको जानकारी गराउँनुभएको थियो ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes