Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • विपद
  • पर्यटन
  • संस्कृति
  • समाज
  • महिला
  • साहित्य
Menu

तीजमा पुरुष (फाेटाे फीचर)

admin
September 8, 2021September 8, 2021
FacebookTweetLinkedIn

तीज मूलतः महिलाकाे पर्व हाे । त्यसमा पनि विशेषतः नेपालको पहाडी क्षेत्रमा रहेका हिन्दू महिलासँग सम्बन्धित छ । लोकप्रियताको विकास क्रममा अहिले यो पहाडी क्षेत्रमा मात्रै सीमित नभई अन्यत्र भूभागमा पनि फैलिन थालेको छ र राष्ट्रिय पर्व नै पनि भन्न थालिएको छ । सीमित क्षेत्र र समुदायमा प्रचलित याे सांस्कृतिक पर्व अब विस्तार हुने क्रममा पुरूषसम्म अाइपुगेकाे उल्लेखनीय पक्ष हाे ।

महिलासँग सम्वन्धित पर्व भएपनि अचेल पुरुषहरुकाे सहभागिता पाइनुले नेपाली समाजले उद्दार दृष्टिकाेण अवलम्बन गर्न थालेकाे संकेत हाे । तर तीजकाे मुख्य पक्ष ब्रत भएपनि पुरूषहरू ब्रत बस्न गरेकाे पाइँदैन । घर परिवारमा व्रत बस्नेलाइ सघाउने, सकारात्मक हुने तथा रमाइलाेमा रमाइदिने गरेकाे पाइन्छ । तीजकाे प्रमुख विशेषता नाचगान हाेइन तर तीजकाे अवसरमा नाचगान स्वतः हुनपुग्छ । घरमा हाेस् वा घरबाहिर नाचगान चल्छ । पुरुषहरुकाे सहभागिता नाचगानमा नै हुने गरेकाे पाइन्छ ।

तस्वीर/आलेख : बसन्त महर्जन

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला सामग्री

  • किन राेकिएन बालविवाह ?
  • मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
  • नेवार समाजमा छोरी
  • हानिकारक प्रशोधित खानाको लतमा नेपाली
  • एकै हैनन् नेपाल संवत् र म्हपूजा 
  • वातावरण मैत्री भनिएको वायो इनर्जीको प्रभाव नकारात्मकः प्रतिवेदन
  • सत्यमोहन जोशीसँगका सम्झना
  • रहेनन् शताब्दी पुरूष सत्यमाेहन जाेशी
  • दसैंमा पशुबलि

सम्पादक : अमिका राजथला
प्रकाशक : इन्साइट पब्लिकेशन प्रा.लि., काठमाडाैं, नेपाल
इमेलः newatimes@yahoo.com

©2023 NewaTimes