Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

कोभिड-१९ महामारीका कारण पर्यटन क्षेत्र बढी प्रभावितः नेपाल राष्ट्र बैंक

नेवाः टाइम्स
September 3, 2021September 3, 2021
FacebookTweetLinkedIn

काठमाडौं, १८ भदौ । कोभिड-१९ महामारीका कारण पर्यटन क्षेत्र तुलनात्मक रुपमा सबैभन्दा बढी प्रभावित भएको नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको वागमती प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्यययन प्रतिवेदनले बताएको छ ।

प्रतिवेदनमा सेवा क्षेत्र अन्तर्गत रहेको पर्यटन व्यवसाय नराम्ररी खस्केको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को पहिलो लहरको कारणले समीक्षा अवधिमा यस प्रदेशमा पर्यटक आगमन संख्या ९७.४ प्रतिशतले कमी आई १६ हजार ३ सय २७ हुन आएको छ । गत वर्षको सोही अवधिमा पर्यटक आगमन संख्या ६ लाख २३ हजार ५ सय ३३ रहेको थियो ।’

प्रतिवेदनले कोभिड—१९ महामारीले अति प्रभावित पर्यटन र यातायात क्षेत्रको पुनरुत्थान गर्नु, कोभिड —१९ लगायत अन्य संक्रामक रोगको उपचार क्षमता अभिवृद्धि गरी स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सार्वजनिक स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि गर्नुलाई चुनौतिका रुपमा लिएको छ । यस्तै, यस प्रदेशभित्र काठमाण्डौ उपत्यका, चितवनको सौराहा, स्याफ्रुबेशी, हेलम्वुलगायतका पर्यटकीय क्षेत्र भएकोले पर्यटन पूर्वाधारमा लगानी गरी पर्यटनको विकास गर्न सकिने अधिक सम्भावना रहेको पनि उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १२ अनुसार बैङ्कले मूल्य स्थिरता, शोधनान्तर स्थिति, समष्टिगत अर्थतन्त्र, वित्तीय बजारको अवस्था, मुद्रा प्रदाय तथा विदेशी विनिमय जस्ता विषयमा अध्ययन गर्ने, तथ्याङ्क संकलन/प्रशोधन/विश्लेषण गर्ने र नीति निर्माण गर्ने कार्य गर्दछ । सोही ऐनको दफा १० को उपदफा ३ अनुसार नेपाल सरकार, सार्वजनिक निकाय तथा निजी क्षेत्रले यस बैङ्कलाई आर्थिक तथा वित्तीय विषयमा आवश्यक तथ्याङ्क उपलब्ध गराउनु पर्ने कानुनी व्यवस्था रहेको छ ।

मुलुकको शासकीय स्वरुप संघीय संरचनामा रुपान्तरण भएपश्चात् केन्द्रीय बैंकको भूमिकालाई थप प्रभावकारी बनाउन २०७६/२०७७ देखि ७७ वटै जिल्लाहरुलाई समेटी आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार गर्न थालिएको बैंकले जनाएको छ । कार्यक्षेत्र विस्तारसँगै आर्थिक गतिविधि अध्ययन एवम् प्रतिवेदन प्रकाशन सम्बन्धी कार्यलाई व्यवस्थित गर्न अवलम्बन गरिएको मार्गदर्शनमा समसामयिक संशोधन गरी “नेपाल राष्ट्र बैंक आर्थिक गतिविधि अध्ययन मार्गदर्शन, २०७६” कार्यान्वयनमा ल्याएको र उक्त मार्गदर्शन अनुसार बागमती प्रदेशका १३ वटै जिल्लाहरु (काठमाडौं, मकवानपुर, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, रामेछाप र चितवन) को समग्र आर्थिक तथा वित्तीय अवस्थालाई समेटी प्रतिवेदन तयार तथा सार्वजनिक गरिएको बैंकले जनाएको छ ।स्थलगत सर्वेक्षणका माध्यमबाट कृषि, उद्योग, सेवा, पूर्वाधार विकास लगायतका अर्थतन्त्रका प्रमुख क्षेत्रहरुको आर्थिक वर्ष २०७७/७८ को अर्ध-वार्षिक तथ्याङ्क जिल्लागत रुपमा संकलन/प्रशोधन गरी प्रतिवेदन तयार पारिएको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लास्थित विभिन्न सरकारी कार्यालय, क्षेत्रीय निर्देशनालय एवम् सम्बन्धित परियोजना/उद्योग प्रतिष्ठानबाट प्राप्त तथ्याङ्कका आधारमा जिल्लागत तथा प्रदेशको समग्र अवस्था प्रतिवेदनमा प्रस्तुत गरिएको छ भने सरोकारवाला निकाय/व्यक्ति तथा विषय विज्ञसँगको अन्तरक्रिया एवम् सर्वेक्षणकर्ताको विश्लेषण समेतका आधारमा क्षेत्रगत समस्या/चुनौती तथा बाँकी अवधिको परिदृश्य चित्रण गरिएको बैंकले जनाएको छ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ
  • नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे प्रष्टाेक्ति
  • नेपाल वायु प्रदुषणकाे उच्च जाेखिममा
  • पैसा र पदको लागि राजनीति गरेको होइन: स्नेहलता ओनं श्रेष्ठ
  • सहभागितामूलक पुनर्लाभ दिग्दर्शनका लागि छलफल
  • चन्द्रमा बारे १० रोचक तथ्य
  • सप्तकोशी नदी चतरामा सतर्कता तह नजिक

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes