Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

स्वास्थ्य सामग्री वितरण

नेवाः टाइम्स
September 2, 2021September 2, 2021
FacebookTweetLinkedIn

काठमाडाैं, १७ भदाै । फ़्रेण्ड्स सर्भिस काउन्सिल नेपालले महालक्ष्मी नगर पालिका भित्रका १० वटा वडा कार्यालयहरू संगको सहकार्य र समन्वय तथा वल्ड जे वीस रिलिफ संस्था युकेको साझेदारीमा नगर पालिकाका विभिन्न स्वास्थ्य संस्थाहरूलाइ स्वास्थ्य सामग्री वितरण गरेकाे छ ।

महालक्ष्मी नगर पालिकाभित्र कोभिड-१९ प्रतिकार्य परियोजना अन्तर्गत कोभिड-१९ को  आपतकालिन समयमा सहयोग पुग्न सकोस भन्ने उद्देश्यले महालक्ष्मी नगर पालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरूलाइ अक्सिजन, मास्क, सेनिटाइजर, हात धुने साबुन, वइट मेशिन, अक्सीमिटर, वि पी सेट, फेस सिल्ड, नेवुलाइजर, फिटल डपर, सर्जिक मास्क लगाएत २३ प्रकारका मेडिकल सामाग्रीहरू एक समारोहका वीच हस्तान्तरण भयाे । वागमती प्रदेशका सांसद माधव पौडेलले नगर पालिकाका मेयर रामेश्वर श्रेष्ठ र उपमेयर निर्मला थापा लाइ  ५ लाख ५० हज़ार रूपैया बराबरको सामाग्रीहरू हस्तान्तरण गरेका थिए ।  

यस अघि संस्कोथाले काेविड-१९ बाट प्रभावित अति विपन्न, अपागंता भएका, सुत्केरी, गर्भवती, एकल महिला, जेष्ठ नागरिकहरू र कोभिड-१९ का कारण रोज़गार गुमाएका गरि २२५ जनालाइ राहत स्वरूप १ महिना सम्मको लागि पुग्ने खाध्यन्न सहयोग गरेकाे थियाे ।  

संस्थाले महालक्ष्मी नगर पालिका भित्र १० जना स्वयंसेवक परिचालन गरि कोभिड-१९ बाट प्रभावित समुदायको विवरण संकलन, कोवो सफ्टवयर प्रयोग गरि आवश्यकता पहिचाहन र सुरक्षित रहने उपायहरूको बारेमा सचेतना अभिवृद्दि गर्ने उद्देश्यले विभिन्न जनचेतना मुलक कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।संस्थाले विभिन्न सार्वजनिक स्थलहरूमा हेल्प डेस्क, नगर भित्र विभिन्न क्षेत्रहरूमा माइकिंग गर्ने, समुहमा छलफल, घर घरमा भ्रमण गर्ने , नगर पालिका भित्र विभिन्न वडाहरूमा  संचालन भएको खोप कार्यक्रमहरूको बारेमा गाउँ घरमा सूचना प्रवाह गर्ने, खोप लगाउनको लागि अभिप्रेरित गर्ने, खोप केन्द्रहरूमा स्वयंसेवकहरू मार्फ़त सहयोग गर्ने काम गर्दै अाइरहेको छ । 

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes