Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

राष्ट्रिय पुस्तकालयको भवन बन्नु पर्‍यो

नेवाः टाइम्स
August 31, 2021August 31, 2021
FacebookTweetLinkedIn


काठमाडौं, १५ भदौ । राष्ट्रिय पुस्तकालयलाई अधिकांश देशमा गौरवका रुपमा लिने गरिन्छ तर नेपालको सन्दर्भमा राष्ट्रिय पुस्तकालयको भवन एउटा सकसको विषय बनेको छ । जमल, काठमाडौंमा बनाउन संसदबाट निणर्य भइसक्दा पनि व्यावसायिक स्वार्थका कारण अलपत्र परेको भवन यथासक्य छिटो बनाउनुपर्ने पुस्तकालयसम्वद्ध पदाधिकारीहरूले माग गरेका छन् ।

चौधौं पुस्तकालय दिवसका सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको भर्चुअल कार्यक्रममा यथाशक्य छिटो बनाउनुपर्ने माग गरिएको हो । ‘सबल समाजको आधारः सार्वजनिक पुस्तकालयको विकास र बिस्तार’ नारासहित मनाइएको कार्यक्रममा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा सचिव, रामप्रसाद थपलियाले जमलको राष्ट्रिय पुस्तकालयको भवन निर्माणको लागि संसदले निणर्य गरिसकेकोले प्रयासरत रहेको बताए । कार्यक्रममा थपलियाले कोविडको चुनौतिलाई अवसरमा बदल्नु पर्ने उल्लेख गर्दै नेपालमा पुस्तकको प्रयोग कम हुने गरेकोले पुस्तकालय अभियानलाई विस्तार गर्नुपर्ने बताए ।

सचिव थपलियाले संसदमा विचाराधिन पुस्तक नीति अगाडि बढ्ने अपेक्षा गर्दै होटलहरुमा पनि पुस्तक पढ्ने वातावरण निर्माण तयार हुनुपर्ने बताए । सचिव थपलियाको कथन छ, विदेशमा होटलमा पनि पुस्तक हुन्छ तर हाम्रो सन्दर्भमा भन्नुपर्दा मुलुक मदिरालयजस्तो देखिन्छ । तर नेपालमा यसको वातावरण बन्दैछ, पुस्तकालय अभियानलाई विस्तार गर्नुपर्नेछ ।’ पुस्तकालय परिवर्तनको संवाहक, ज्ञानको भण्डार भएकोले जति धेरै पुस्तकालय हुन्छ, त्यो देशको अवस्था त्यति नै सुदृढ भएको मानिन्छ ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान प्रविधि सचिव सुरेश आचार्यले अबको दिन पुस्तकालयलाई डिजिटल नगरी सुखै नभएको उल्लेख गर्दै प्रविधिको प्रयोग गर्न पाए समय वचत, धेरै पुस्तक संकलन गर्न सजिलो, पाठकहरु बढ्ने विचार व्यक्त गरे । सचिव आचार्यका अनुसार पुस्तकालय डिजिटल भए, समयको मागअनुसार विद्यार्थीलाई आइसिटी लाइब्रेरी भएको खण्डमा विद्यार्थीले घरमैं बसी बसी प्रयोग गर्न सक्ने हुँदा कार्ययोजना यतातिर मुखरित गर्न सकिन्छ ।

सचिव आचार्यले ‘जमलमा अत्याधुनिक राष्ट्रिय गौरवको योजनाको रुपमा पुस्तकालयको रुपमा परिकल्पना गरेका थियौं’ भन्दै जिल्ला, स्थानीय तह, प्रदेशमा सार्वजनिक पुस्तकालय छ भन्ने कुरा मापन गर्ने आधार पुस्तकालय रहेको उल्लेख गरे । कोविडको महामारीका कारण डिजिटल रुपमा कार्यक्रमक गरेर भए पनि १४ औं पुस्तकालय दिवस मनाइएकोमा खुशी व्यक्त गरे ।

पूर्व मन्त्री गणेश शाह

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व मन्त्री गणेश शाहले हरेक देशको पहिचान नै राष्ट्रिय पुस्तकालय भएकोले जमलमा अवरुद्ध परेको लाइब्रेरीका लागि समस्या फुकाईदिन समग्र पुस्तकालय क्षेत्रका तर्फबाट प्रधानमन्त्री तथा हाम्रा नेताहरुलाई ध्यानकर्षण गराउनु पर्ने बताए । शाहका अनुसार संसार जतिसुकै डिजिटल्ली गए पनि भौतिक लाइब्रेरीमा गए पछि मनोबैज्ञानिक असर गर्ने, पुस्तकालयमा जाँदा शान्ति पाउँने, ज्ञान पाउँने, बहुतर्फी फाइदा पाउने, सम्मान प्राप्त हुने हुँदा भौतिक पुस्तकालयको छुट्टै महत्व हुन्छ । त्यसैले पनि राष्ट्रिय पुस्तकालय निर्माणमा सकेजति सबैले प्रयास गर्न आव्हान गर्दै शाहले भने, निकट भविष्यमा निर्वाचन आउँदैछ, घोषणा पत्रमा सार्वजनिक लाइब्रेरीको लागि व्यवस्थाको लागि घोषणा गर्ने, भौतिक रुपमा अहिले नै लाग्नको लागि अहिले नै अभियान शुरु गरिनुपर्छ ।

त्रिभुवन विश्वविद्यालयका सहलाइब्रेरियन विना वैद्यका अनुसार पुस्तकालयको विकास नगरी समाजको विकास हुन सक्दैन । आधुनिकिकरणका लागि डिजिटल लाइब्रेरी बनाउन अत्यन्त जरुरी भएको छ । यसमा स्थानीय निकाय, सकारको विशेष पहल हुनु पर्छ । जमलको जग्गालाई यथाशिघ्र राष्ट्रिय लाइब्रेरी बनाउन पहल गर्न अनुरोध गर्दैै सन् २०१५ सालको भुकम्पपछि बचाएर बोरामा थन्क्याएका पुस्तकको डिजिटलाइजेशन गरी अहिलको जस्तो महामारीमा घरमैं बसेर लाईब्रेरीको प्रयोग गर्नु पर्ने वैद्यको अनुरोध थियो । साथै वैद्यले कार्यक्रममा
राष्ट्रिय पुस्तक नीतिपारित गर्नु पर्ने, लाइब्रेरियनहरुको लागि विदेशमा एक्सपोजर भिजिटको व्यवस्था गर्नुपर्ने, पुस्तकालयसम्बन्धी जर्नलहरुको प्रकाशन गर्नुपर्ने, विद्युतीय लाइब्रेरी बनाउन, स्थनीय निकायमा व्यवस्था गर्न पर्ने विचार व्यक्त गरेकी थिइन् ।

वि.सं. १८७९ मा गिर्वाणयुद्धको पुस्तक संग्रहलाई कर्मचारी व्यवस्था गरी पुस्तकालय बनाएकोको सम्झना गरी १४ वर्षदेखि मनाउन थालिएको पुस्तकालय दिवसको सन्दर्भमा आज पुस्तकालयका अभियन्ता तथा पुस्तकालयहरुलाई सम्मान तथा पुरस्कार पनि दिइएको थियो । पुरस्कृत हुने पुस्तकालय अभियन्तामा रुद्रप्रसाद दुलाल थिए । यस्तै, गत वर्षको सम्मान तथा पुरस्कार पनि यो वर्ष चन्दकिरण श्रेष्ठ र मुरारीविनोद पोखरेललाई दिइएको थियो । पुस्तकालयहरुले राम्रो काम गरेवापत गुल्मीको किरण पब्लिक लाइबे्ररी तथा नेपाल जर्नी पब्लिक लाइब्रेरी, हेटौंडालाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सहजिकरण चौधौं पुस्तकालय दिवस मूल आयोजक समितिका सदस्य सचिव यादवचन्द्र निरौलाबाट भएको थियो ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes