Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

नेपालमा लगाइएको खोप ९० प्रतिशत प्रभावकारी

नेवाः टाइम्स
August 29, 2021August 29, 2021
FacebookTweetLinkedIn

काठमाडौं, १३ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोविड १९को दोस्रो राष्ट्रिय सेरोप्रिभ्यालेन्स सर्वेक्षणको प्रारम्भिक नतिजाअनुसार नेपालमा लगाइएको खोप ९० प्रतिशत प्रभावकारी भएको देखिएको छ ।

मन्त्रालयकाअनुसार कोविड १९ को संक्रमणको अवस्थालाई शुक्ष्म विश्लेष गरी आवश्यक कार्ययोजना बनाउने उद्देश्यले देशभरीका ६ महिनाभन्दा बढी उमेरका व्यक्तिहरुलाई समेटी २०७८ असार २१ गतेदेखि साउन ३० गतेसम्ममा संकलित नमूनामध्ये १३ हजार १६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको थियो । देशभरी ६८.६ प्रतिशत नमूनामा कोविड १९ एन्टिवडी देखिएको छ ।कोविड १९को दोस्रो राष्ट्रिय सेरोप्रिभ्यालेन्स सर्भेक्षण नतिजाअनुसार सातै प्रदेशका हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिंग, उमेर, पेशा तथा सबै उमेर समूहमा लगभग समान रुपमा नै एन्टिवडी देखिएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,‘एक मात्रा मात्र खोप लगाएका व्यक्तिहरु ८० प्रतिशतमा र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिवडी देखिएको छ जसले हामीले लगाईराखेका खोपहरु अत्यन्त प्रभावकारी रहेको देखिन्छ । भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने जोखिम कायमै रहेकोले संक्रमणको रोकथाम, नियन्त्रण गर्नु नै एक मात्र प्रभावकारी उपाय हो । जुन हालको अवस्थामा समेत निकै सान्दर्भिक छ। ’ साथै भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने जोखिम रहेकोले संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरेको छ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ
  • नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे प्रष्टाेक्ति
  • नेपाल वायु प्रदुषणकाे उच्च जाेखिममा
  • पैसा र पदको लागि राजनीति गरेको होइन: स्नेहलता ओनं श्रेष्ठ
  • सहभागितामूलक पुनर्लाभ दिग्दर्शनका लागि छलफल
  • चन्द्रमा बारे १० रोचक तथ्य
  • सप्तकोशी नदी चतरामा सतर्कता तह नजिक

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes