0 1 min 3 weeks

काठमाडौं, १३ भदाै । फ्रेण्ड्स सर्भिस काउन्सिल नेपाल इमाडोलबाट महालक्ष्मी नगर पालिका वडा नं ४ र ८ का कोभिड-१९ वाट प्रभावित अति विपन्न दुई सय २५ परिवारलाई राहत सहयोग उपलब्ध गराएकाे छ ।

काेविड-१९ प्रतिकार्यअन्तर्गत उक्त सहयाेग गरिएकाे संस्थाले जनाएकाे छ । संस्थाले रोजगार नभएका, गर्भवती, सुत्केरी, एकल महिलाहरूलाई १ महिनासम्मकाे लागि पुग्ने गरी राहत वितरण गरेकाे हाे । राहत वितरण कार्यक्रममा दुबै वडाका वडा अध्यक्षहरू, वडा सदस्यहरू र समाजसेवी तथा स्वयंसेवकहरूको सहभागीता रहेको थियो ।

संस्थाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका अनुसार महालक्ष्मी नगरपालिकालाई ५ लाख ५० हजार रूपैयाँ बराबरकाे अाैषधि पनि वितरण गर्ने कार्यक्रम रहेकाे छ । संस्थाले विपद प्रभावित तथा काेविड संक्रमितको लागि जनचेतनामूलक कार्यक्रम पनि संचालन गर्दै अाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *