Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

निरन्तर वर्षाले बाढी पहिरो बढ्यो

नेवाः टाइम्स
August 27, 2021August 27, 2021
FacebookTweetLinkedIn

काठमाडौं, ११ भदौ । हिजोदेखि निरन्तर रुपमा परेको पानीले देशका विभिन्न भागमा बाढी, पहिरो तथा तराईका भागहरु जलमग्न बनाएको छ ।
बागमतीको पधेरादोभान (कर्मैैया)मा जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकोले सर्लाही र रौतहटका बागमती नदी तटीय क्षेत्रमा हुनेहरुलाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ ।


यस्तै, चितवन जिल्ला माडी क्षेत्रको बनकट्टा, कल्याणपुर, छर्छरे, गोविन्दबस्ती र आसपासको क्षेत्रमा भारी वर्षमापन भएको तथा रिउखोला बनकट्टामा जलसतह बढेकोले रिउखोला तटीय क्षेत्रमा रातीसम्मै सतर्कता अपनाउन नेपाल बाढी सूचनामा भनिएको छ ।
नेपाल बाढी सूचनाले आज नारायणी, र यसका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केही सतर्कता तह पार गर्न सक्ने, कणर्ाली, महाकाली र यिनका सहायक नदीहरुमा बहाव बढ्ने उल्लेख गरेको छ । यस्तै, मझौला नदीहरु सबैमा बहाव उल्लेख्य बढ्ने, कमला, बागमती, तिनाउ लगायतका नदीमा बहाव खतरा तह आसपास पुग्ने उल्लेख छ । नेपाल फ्लड अलर्टकाअनुसार कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती, बबइमा सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान रहेकोले तटीय क्षेत्र तथा डुबान होचा स्थानमा रहनेहरुले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद मिन कुमार अर्यालकाअनुसार भदौ १२ गतेसम्म मौसम निरन्तर सक्रिय रहने देखिएको छ भने त्यसपछिका केही दिनपछि मात्र मौसम खुल्नेछ । विभागका अनुसार पछिल्लो समयमा लुम्बिनी प्रदेश, १ नम्बर प्रदेशमा भारी वर्षा भएको छ । यसैले तराईका जिल्ला तथा पहाडी जिल्लामा बस्नेहरुले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

फोटोः सामाजिक सञ्जाल

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ
  • नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे प्रष्टाेक्ति
  • नेपाल वायु प्रदुषणकाे उच्च जाेखिममा
  • पैसा र पदको लागि राजनीति गरेको होइन: स्नेहलता ओनं श्रेष्ठ
  • सहभागितामूलक पुनर्लाभ दिग्दर्शनका लागि छलफल
  • चन्द्रमा बारे १० रोचक तथ्य
  • सप्तकोशी नदी चतरामा सतर्कता तह नजिक

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes