Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

नेपालभाषाकाे आधुनिक कविताका अग्रज कवि पूर्ण वैद्यकाे निधन

नेवाः टाइम्स
August 27, 2021August 27, 2021
FacebookTweetLinkedIn

काठमाडाैं, ११ भदाैं । नेपालभाषाकाे काव्य क्षेत्रमा आधुनिक कविताका अग्रज एवं चर्चित कवि पूर्ण वैद्यकाे निधन भएकाे छ । अस्पतालमा उपचारकाे क्रममा विहिवार बेलुका निधन भएकाे हाे ।

कब्जियतकाे समस्या आएर स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना गरिएकाे थियाे र उपचारका क्रममा भेन्टिलेटरमा राख्नु परेकाे थियाे । पछिल्लाे पल्ट उनमा काेविड-१९ काे पाेजिटिभ रिपाेर्ट आएकाे बताइन्छ ।

नेपालभाषाकाे काव्य क्षेत्रमा आधुनिक प्रवृत्ति भित्र्याउने कविका रूपमा श्रेय पाएका कवि वैद्य विशिष्ट व्यक्तिका रूपमा लिइन्छ । माैलिक रूपमा नेपालभाषामा कविता सिर्जना गर्ने उनका कविताहरू नेपाली, हिन्दी र अंग्रेजी भाषामा अनुवाद भएका छन् । कतिपय अन्तर्राष्ट्रीय काव्य गाेष्ठीमा उनले नेपालकाे प्रतिनिधित्व गरेका छन् ।

८१ वर्षअघि भक्तपुरकाे चाेछेँ टाेलमा जन्मिएका उनी हाल अनामनगरमा बसाेवास गर्दछन् । उनकाे पहिलाे र चर्चित कृति ‘सरासु’ हाे । अत्यन्तै प्रतिष्ठित पुरस्कारका रूपमा लिइने श्रेष्ठ सिरपा प्राप्त यस कृतिपछि ‘लः लः खः’ प्रकाशित भएकाे थियाे । पानीलाइ बिम्ब बनाइ लेखिएका प्रगतिशील कविताहरूकाे याे संग्रह हाे । पानी बिम्बलाइ अनेक दृष्टिबाट अभिव्यक्त भएका यी कविताहरू निकै चर्चित छन् । कविता बाहेक निवन्धकारका रूपमा पनि स्थापित उनका ‘पाचिना’ शीर्षककाे निबन्ध संग्रह प्रकाशित छन् । यसरी नै समालाेचना संग्रहका रूपमा ‘कविताया लागा’ प्रकाशित छन् ।

राष्ट्रिय शिक्षा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, प्रज्ञा मातृभाषा साहित्य पुरस्कार, अस्वीकृत विचार पुरस्कार, ठाकुरलाल सिरपा आदिबाट सम्मानित उनी त्रिभुवन विश्वविद्यालयबाट निवृत्त प्राध्यापक हुन् । उनी नेपालभाषाकाे साहित्यसम्बन्धी प्राध्यापन कार्यमा संलग्न थिए।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes