Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

क्वाति र स्वास्थ्य

admin
August 21, 2021August 22, 2021
FacebookTweetLinkedIn
  • अरूणा उप्रेती

मलाई कोभिडको संक्रमण भयो । म शाकाहारी भएकोले मैले क्वाति, चना, आलु, कुरिलोको रस पर्याप्त खाएँ । बिशेषगरी क्वातिको रस पकाएर झोल मात्रै खाएँ । खाँदा माथिपट्टिबाट हरियो धनियाँ र कागती हालेकोले स्वादिलो भयो, स्वास्थ्य पनि राम्रो भयो । कोरोनाबाट संक्रमित ब्यक्तिहरूलाई मासु, खुट्टीको रस खानुपर्छ भनेर भनेपछि शाकाहारीले पनि जबरजस्ती मासुको रस खाए । शाकाहारी वा मांसहारी हुनु आफ्नो इच्छा, संस्कृती र संस्कारमा भर पर्छ । तर कुनै संक्रमण भएर तंग्रिनलाई चाहिँ मासुको रस नै खानुपर्छ भन्ने छैन ।

टुसा स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । टुसा उमारेको कुनै पनि खाद्यवस्तुलाई जीवन्त खानेकुरा भनिन्छ । महत्वपूणर् सांस्कृतिक पहिचान बोकेको क्वाति जनैपूणर्िमा पर्वको विशेष आहारका रूपमा रहँदै आएको छ । परम्परागत रूपमा यसले जाडो आउन सुरु गरेको सन्देश पनि दिन्छ । जाडोका वेला टुसा उमारेको खानेकुराले मानव स्वास्थ्यमा एकदमै फाइदा गर्छ भन्ने कुरा हाम्रा पुर्खालाई जानकारी थियो । उनीहरूको परम्परागत ज्ञानले स्वास्थ्यमा लाभ पुर्‍याउने थाहा भएरै क्वाति खाने प्रचलन अविच्छिन्न रहिआएको हो र यसको निरन्तरताका लागि सांस्कृतिक रूप दिइएको हुनुपर्छ ।

क्वाति कसरी फाइदाजनक ?
टुसा उमारेको क्वाति प्रोटिनको खानी हो । किनभने, यसमा थुप्रै किसिमका गेडागुडी मिसाइएका हुन्छन् । टुसा उम्रेपछि क्वातिमा भएका तत्वहरू प्रोटिन, सूक्ष्म पोषकतत्व, क्याल्सियम, भिटामिन १० गुणा बढ्न जान्छ । त्यसैले सय रूपैयाँको सुक्खा क्वाति ल्याएर टुसा उमारेर खाने हो भने ४ सय रूपैयाँसम्मको फाइदा लिन सकिन्छ । क्वाति जीवन्त खाना हो, पचाउन पनि निकै सजिलो हुन्छ । दाल, गेडागुडीको सेवन गर्दा शरीरमा ग्यास उत्पन्न हुन सक्ने सम्भावना हुन्छ । तर, क्वाति बनाएर खाएपछि शरीरमा ग्यास बन्ने सम्भावना ज्यादै न्यून हुन्छ । क्वाति बनाएपछि हामी जिम्मु, जिराले झानेर तयार गर्छौं ।

बालबालिकालाई कुपोषण तथा गर्भवती महिलाको शरीरमा प्रोटिनको कमी नहोस् भनेर क्वाति खान दिने गरिन्छ । प्रोटिनको कमी नभएपछि महिलालाई रक्तअल्पता पनि हुन पाउँदैन । गर्भवतीमा रगतको कमी नभएपछि भ्रुण वा पेटको बच्चा पनि राम्रो हुन्छ । गर्भवतीमा मात्र नभएर सुत्केरी भएपछि पनि क्वातिको सेवनले आमा र बच्चा दुवैलाई फाइदा पुर्याउँछ । यसको सेवनले महिलाको दूध राम्रोसँग आउने हुँदा बच्चालाई पर्याप्त मात्रामा दूध प्राप्त हुन्छ । क्वातिको रस खाँदा पर्याप्त मात्रामा शरीरमा चाहिने क्याल्सियम, प्रोटिन प्राप्त हुन्छ, जसले आमाको दूध पनि बढाउने गर्छ । त्यसकारण सुत्केरी महिलालाई ज्वानो तथा क्वातिको रस खुवाउने हाम्रो जुन परम्परागत छ, त्यो एकदमै वैज्ञानिक छ । कोही व्यक्ति कुनै रोग तथा शरीरमा समस्यापछि तंग्रिन लागेका वेला पनि क्वातिको रसले धेरै फाइदा पुर्याउँछ । जो व्यक्ति शाहाकारी जीवनशैली अपनाउँछन्, माछा-मासु खाँदैनन्, उनीहरूका लागि क्वाति अति उपयोगी हुन्छ ।

क्वातिले प्रोटिन तथा अन्य पोषकतत्व प्रदान गर्छ । । क्वातिलाई विभिन्न तरिकाले पकाएर खान सकिन्छ । सुप बनाएर वा तरकारीका रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ । क्वातिलाई पिसेर मकै पिठोमा मिलाएर बालबालिकाका लागि खाजा खाजा तयार गर्दा यसको पौष्टिकता एकदमै बढ्न जान्छ । किनभने, मकैमा भएको कार्बोहाइड्रेट, क्वातिमा भएका विभिन्न किसिमका सूक्ष्म पोषकतत्व मिलेपछि असाध्यै राम्रो खाद्यवस्तु बन्छ ।

अन्य फाइदा

क्वाति शक्तिवर्धक एवम् पौष्टिक आहार हो । यसमा भिटामिन बिका सबैजसो प्रकार पाइन्छन् । क्वातिको सेवनले-

  • आवश्यक ऊर्जा प्राप्त हुन्छ ।
  • रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
  • कब्जियतको / पायल्स भएकालाई फाइदाजनक मानिन्छ
    हाम्रो संस्कृतीमा क्वातिको रस खाने विशेष दिन छ, अन्य बेलामा पनि क्वातिको रस खाँदा शरीर स्वस्थ रहन्छ । टुसा उमारेको चना बालबालिकालाई खुवाइयो भने प्रोटिनको मात्रा पर्याप्त हुन्छ । टुसा उमारेको कुनै पनि गेडागुडी, जस्तो चना, मटर, केराउ, बोडी, बकुला, मेथी मात्र होइन कि आलस, तिल, बदाम पनि टुसा उमारेर खान सकिन्छ ।

(अरुणा उप्रेतीको फेसबुक वालबाट, भाषागत सम्पादन सहित ।)

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes