Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

अायाे बचाउ एपः बहिरा र सुस्त श्रवण भएकाका लागि

नेवाः टाइम्स
August 20, 2021August 20, 2021
FacebookTweetLinkedIn

काठमाडाैं, ४ भदाै । बहिरा तथा कम कान सुन्ने वर्गकाे सहजताका लागि बचाउ एप सार्वजनिक भएकाे छ । स्थापना कालदेखि नै अपाङ्गता समावेसी विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा कार्यरत तथा अपाङ्गता भएका युवाद्धारा संचालित अतुल्य फाउण्डेशनले उक्त एप्लिकेशन सार्वजनिक गरेकाे हाे । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको सहयोगमा संचालित, तयार नेपाल परीयोजनाको सहयोगमा ‘अपाङ्गता भएका ब्यक्तिको लागि सार्वजनीक सुरक्षा’ नामक परियोजना अन्र्तर्गत एप तयार गरिएकाे उक्त संस्थाले जनाएकाे छ ।

अध्यक्ष पल्लभ पन्त, अतुल्य फाउण्डेशन

संस्थाका अध्यक्ष पल्लभ पन्तकाअनुसार कान नसुन्ने तथा कम सुन्ने व्यक्तिहरूलाइ संभावित विपदबाट जाेगाउन तथा उनीहरूकाे जीवनलाइ अझ सहज बनाउन एप निर्माण गरिएकाे हाे । प्रकोपको दृष्टीकोणले पनि अपाङ्गता भएका ब्यक्तिहरु सबै भन्दा संकटासन्न अबस्थामा रहेका हुन्छन् । विपदका घटनाबाट उनीहरुनै सबभन्दा बढि प्रभावित हुन्छन् तर नेपालमा उनिहरुको विपद् सम्मुखता घटाउन, अपाङ्गताको प्रकृती अनुसारको पहुँचयुक्त सुचना आदन प्रदान गर्ने प्रविधिहरुको विकास र उपयोग खासै भएको छैन । यसै तथ्यलाई मध्यनजर गर्दै, हामीले अपाङ्गता भएका व्यक्तिहरु (बहिरा र सुस्त श्रवण)ले आपतकालीन सहयोग माग्न सक्ने गरी बचाउ मोबाइल एप्लिकेसनको बिकास गरिएकाे हाे ।

यो एप्लीकेसनको प्रयोगले, बिशेषतः एम्बुलेन्स, प्रहरी र दमकलको सहायता लिन सकिन्छ । एप्लीकेसन निर्माता संस्थाका अनुसार याे एप ज्यादै नै प्रयोगकर्ता मैत्री रहेको छ, र आवश्यक सबै निर्देशनहरु एप्लीकेसन भित्रैबाट प्राप्त गर्न सक्ने खालको छ । तर अाज भएकाे सार्वजनिक कार्यक्रमका सहभागी बहिरा तथा सुस्त श्रवण भएकाले एप्लिकेशनमा चित्रकाे प्रयाेग भएमा अाफूहरूलाइ प्रयाेग गर्न सहज हुने बताए । जिज्ञासाकाे जवाफ दिंदै अध्यक्ष पल्लबले दाेस्राे चरणमा थप परिमार्जन गर्दै जाने जानकारी गराए ।

कार्यक्रममा बाेल्दै गृहमन्त्रालय द्वन्द्व तथा विपद व्यवस्था महाशाखाका सहसचिव हुमकला पाण्डेले विपद प्रविधिमैत्री हुँदै जानु सकारात्मक रहेकाे उल्लेख गर्दै स्थानीय तहसम्म रहेकाे विपद व्यवस्थापन संरचनाले पनि प्रविधिकाे प्रयाेग गर्नुपर्ने बताइन्।

काठमाडाैं महानगरीय प्रहरी इन्सपेक्टर राजु केसी

यस्तै, कार्यक्रममा बाेल्दै काठमाडाैं महानगरीय प्रहरी इन्सपेक्टर राजु केसी.ले नेपाल प्रहरीकाे एपबाट एसएमएस, फाेटाे तथा भिडियाे समेत पठाउन सक्ने उल्लेख गर्दै अतुल्य फाउण्डेशनबाट संचालित एपलाइ एकीकृत रूपमा अगाडि बढाउन सकिने बताए । प्रहरी इन्सपेक्टर राजुका अनुसार एपका कारण घटना भएकाे ठाउँमा पुग्न प्रहरी, दमकल तथा एम्बुलेन्सलाइ तथा प्रयाेगकर्तालाइ पनि निकै सहज भएकाे छ । यसलाइ व्यापक रूपमा प्रयाेग गरिनु पर्दछ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ
  • नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे प्रष्टाेक्ति
  • नेपाल वायु प्रदुषणकाे उच्च जाेखिममा
  • पैसा र पदको लागि राजनीति गरेको होइन: स्नेहलता ओनं श्रेष्ठ
  • सहभागितामूलक पुनर्लाभ दिग्दर्शनका लागि छलफल
  • चन्द्रमा बारे १० रोचक तथ्य
  • सप्तकोशी नदी चतरामा सतर्कता तह नजिक

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes