Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

बुद्धको जन्मस्थल लुम्बिनीको ‘रिप्लिका’ बन्यो कोरियामा

बसन्त महर्जन
August 20, 2021August 20, 2021
FacebookTweetLinkedIn

भगवान बुद्धको जन्मस्थल नेपालमा होइन, भारतमा पर्दछ भनेर देखाउने मनसायले लुम्बिनीको दुरुस्त नक्कल भारतले बनाइरहेको भन्ने हल्ला कसले चलाएछ कुन्नी कागले कान लग्यो भनेपछि कागको पछि कुदेजस्तै एक थरी नेपालीहरु कुदिरहेका छन् । यही कुरालाई कुन चाहीं नेपाली मिडियाले प्रकाशन तथा प्रसारण गरिदिएछ कुन्नी, त्यसका अनेकौं संस्करणहरु आजभोलि झन् बढी मात्रामा प्रकाशन तथा प्रसारण हुँदै आइरहेको छ ।

भारतीय भूमिस्थित बौद्ध पुरातात्विक स्थलको गतिविधिको फोटो वा भिडियो फुटेजको प्रयोग गरेर नक्कली लुम्बिनी वा नक्कली कपिलवस्तुको निर्माण भन्दै त्यसको विरोध गरिरहेका छन् । आफू यसै विषयसँग सम्वन्धित भएका कारण सम्झाउन खोज्छु, त झन् उल्टो बुझ्छन् र उपदेश दिन थाल्छन् । यस्तोमा भारत अथवा कसैले बुद्ध जन्मस्थल लुम्बिनीको दुरुष्ट नक्कल (रिप्लिका) बनाइ दिए हुन्थ्यो भन्ने लागिरहेको थियो । नभन्दै कोरियाको सिउल नजिकै निर्माण भएको रिप्लिका तस्वीर भिक्षु मैत्री महास्थविरको सौजन्यले हेर्न पाइयो । राम्रो लाग्यो । 

बुद्ध जन्मनुअघि लुम्बिनी एउटा सानो बगैंचाको रुपमा परिचित थियो । यति बेला यो प्रसिद्ध रहेको कुरा बुद्धको हजुर आमाको नाम पनि लुम्बिनी नै भएबाट बुझिन्छ । पछि बुद्ध जम्स्थलको रुपमा चिनियो र एक प्रकारले ब्रान्डेन नै भयो । केही दशकअघि नेपालले बुद्ध जन्म स्थललाई समेटेर पूरै अंचलको नामाकरण पनि ग¥यो । नेपालमा लुम्बिनी अञ्चलको नामाकरण हुनुअघि नै लुम्बिनी नाउँ प्रयोग गरेर थाइल्यान्डको राजधानी बैंककमा ठूलो पार्क बन्यो । लुंफिनी भनिने त्यो पार्क बुद्ध र नेपालस्थित लुम्बिनीप्रति समर्पित भएर बनाइएको बुझिन्छ ।

भारतमा नै पनि कतिपय राज्यहरुमा लुम्बिनी नाउँका पार्कहरुको निर्माण गरिएका छन् । लुम्बिनीको एउटा सानो रिप्लिका कीर्तिपुरस्थित नगरमण्डप श्रीकीर्ति विहारमा पनि देख्न पाइन्छ । यहाँ लुम्बिनी मात्रै नभएर बोधगया, सारनाथ र कुशीनगरको रिप्लिकाहरु पनि बनाएर एकै ठाउँमा लहरै मिलाएर राखिएको छ । यस रिप्लिकाका कल्पनाकार श्रद्धेय भिक्षु सुदर्शन महास्थविर सँगको संगत र प्रभावका कारण पनि होला, यस्ता रिप्लिकाहरु संसारभर धमाधम फैलियोस् भन्ने चाहना भएको । तर नक्कली लुम्बिनी बनाएको भनी आक्षेप लगाइने देश भारतले भने अहिलेसम्म नक्कली लुम्बिनी (रिप्लिका) बनाएको छैन । कोरियाले बनाएपछि अब भारतले पनि बनाउँछ कि ? यस्ता रिप्लिकाहरु बन्नुको अर्थ मौलिक सम्पदास्थलको महत्व अझ धेरै बढ्नु हो । 

कोरियाको सिउल नजिक एक स्थलमा बुद्धको जन्मस्थल लुम्बिनीको रिप्लिका बनाइएको छ । २६ सेप्टेम्बरबाट सुरु भएको कोरिया त्रिपिटक फेष्टिभलकै अवसारमा यो रिप्लिका को उद्घाटन गरिएको छ । समारोहका लागि त्यहाँ पुग्नु भएका भिक्षु मैत्री महास्थविर भन्नुहुन्छ– ‘‘यस्सो हेर्दा नेपालकै दुरुस्त लुम्बिनी जस्तो देखिन्छ ।’’

फेष्टिभल नोभेम्वर १० तारिखसम्म संचालन हुने छ तर यो रिप्लिका त्यसपछि के गरिन्छ भन्ने विषयमा टुङ््गो लागिसकेको छैन । कोरियन डिजाइनरहरुले नै बनाएको यो रिप्लिकाको लागत मूल्य जतिसुकै भएपनि बुद्ध जन्मस्थल लुम्बिनीको प्रवद्र्धनकै लागि बनाइएको हो ।

एउटा महत्वपूर्ण बौद्ध सम्पदास्थल लुम्बिनीको प्रवद्र्धनका लागि कोरियाले गरेको यो कार्यप्रति नेपाल र नेपाली बौद्धहरुमात्रै नभएर समस्त विश्व र बौद्धहरु कृतज्ञ हुनु पर्दछ । फोटोहरुमा नै देखिएअनुसार पनि मायादेवी मन्दिर, मन्दिरभित्र बोधिसत्व जन्मचित्रित ठूलो पाषाणमूर्ति, जन्मस्थल संकेत गर्ने मार्कर स्टोन, विभिन्न समयमा निर्मित पुरातात्विक संरचना पनि दुरुस्त नै छन् । त्यस्तै बाहिर अशोक स्तम्भ, पुष्करिणी, अन्य संरचनाका सार्थै लुम्बनी विश्व सम्पदा सूचिमा सूचीकृत रहेको सूचनापाटी पनि राखिएको छ । भिक्षु मैत्री महास्थविरका अनुसार हाल दैनिक दुईदेखि तीन हजार दर्शकले मिनी लुम्बिनीको दर्शन गरिरहेका छन् । जबकि नेपालको लुम्बिनीमा स्वदेशी तथा विदेशी गरेर दैनिक पन्द्रह सयदेखि दुइृ हजारले मात्रै दर्शन गर्न आउँछन् ।

देैनिक रुपमा त्यहाँ ध्यान तथा पूजा पनि हुने गर्दछ । तर यस्ता गतिविधिहरु नेपालमा देख्न मुस्किल नै हुन्छ । नेपालको लुम्बिनीमा विहानैदेखि भिजिटरहरु देख्न त पाइन्छन् तर त्यहाँ बौद्ध धार्मिक गतिविधिको नितान्त अभाव छ । केही वर्षअघिदेखि त्यहाँ एका विहानै जापानी भिक्षुहरु आफ्नो विहारदेखि ‘‘नामो म्योहो रंगेक्यो’’ मन्त्र जप्दै र दुन्दुभी बजाउँदै मायादेवी मन्दिरसम्म पुग्छन्  र त्यहाँ सूत्रपाठ गरेर फर्कन्छन् । केही समयअघि तिनै भिक्षुहरुसँगको बसाइका क्रममा म पनि त्यसरी मन्त्र जप्दै र दुन्दुभी बजाउँदै मायादेवी मन्दिर पुगेको थिएँ तर मान्छेहरु हामीलाई मरुभूमिमा फुलेको फूल झैं अचम्म मानेर हेरिरहेको जस्तो अनुभूति भयो । 

(पहिलाे पल्ट २९ सेप्टेम्बर २०१३ मा नेवाःटाइम्स डटकममा प्रकाशित याे लेख पुनः प्रकाशन हाे ।)

लेखकबारे थप जानकारीका लागि basantamaharjan.com.np

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ
  • नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे प्रष्टाेक्ति
  • नेपाल वायु प्रदुषणकाे उच्च जाेखिममा
  • पैसा र पदको लागि राजनीति गरेको होइन: स्नेहलता ओनं श्रेष्ठ
  • सहभागितामूलक पुनर्लाभ दिग्दर्शनका लागि छलफल
  • चन्द्रमा बारे १० रोचक तथ्य
  • सप्तकोशी नदी चतरामा सतर्कता तह नजिक

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes