Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • विपद
  • पर्यटन
  • संस्कृति
  • समाज
  • महिला
  • साहित्य
Menu

नेवा:जागरण मंच जापानको चौंथाे अधिवेशन हुँदै

नेवाः टाइम्स
August 20, 2021August 20, 2021
FacebookTweetLinkedIn

शर्मिला शाक्य

टोकियाे, ४ भदाै l नेवा:जागरण मंच जापानको चौंथाे अधिवेशन हुने भएको छ l मन्चको हालै वसेको बैठकले विभिन्न निर्णय गर्दै मंचको चौंथाे अधिवेशन आउँदो अक्टोवर महिनामा गर्ने निर्णय गरेको हो l

तेस्रो कार्य समितिलाई पुनर्गठन गर्दै चौथाे अधिवेशन आयोजक समितिको रुपमा रुपान्तरित समेत गरेको छ l निवर्तमान अध्यक्ष जनक राज शाक्यका अनुसार विविध कारणवश मंचको अधिवेशन गर्न सकिएको थिएन । बैठकले निवर्तमान उपाध्यक्ष कृष्ण बदन जोशीको संयोककत्वमा पुनर्गठित समितिले मंचका नियमित कार्यको साथै चौथाे राष्ट्रिय अधिवेशन आयोजनार्थ आवश्यक तयारी पनि गर्ने निर्णय गरेको छ l चौथाे अधिवेशन तयारीका लागि आयोजक समितिमा निवर्तमान कार्य समितिमा रहेका अधिकांश व्यक्तिहरु सदस्यको रुपमा रहेका छन् भने केहि सदस्य पछि थप गरिने पनि जोशीले जानकारी दिए l

समितिको सचिवको जिम्मेवारी निवर्तमान केन्द्रिय सदस्य श्याम तन्डुकारलाई दिइएको छ l साथै, आयोजक समितिलाई आवश्यक सल्लाह र सहयोगको लागि एक सल्लाहकार समिति समेत गठन गरिएको छ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला सामग्री

  • किन राेकिएन बालविवाह ?
  • मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
  • नेवार समाजमा छोरी
  • हानिकारक प्रशोधित खानाको लतमा नेपाली
  • एकै हैनन् नेपाल संवत् र म्हपूजा 
  • वातावरण मैत्री भनिएको वायो इनर्जीको प्रभाव नकारात्मकः प्रतिवेदन
  • सत्यमोहन जोशीसँगका सम्झना
  • रहेनन् शताब्दी पुरूष सत्यमाेहन जाेशी
  • दसैंमा पशुबलि

सम्पादक : अमिका राजथला
प्रकाशक : इन्साइट पब्लिकेशन प्रा.लि., काठमाडाैं, नेपाल
इमेलः newatimes@yahoo.com

©2023 NewaTimes