Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

भ्रष्टाचार नियन्त्रणमा सरकारले प्राथमिकता दिनुपर्ने

नेवाः टाइम्स
August 19, 2021August 19, 2021
FacebookTweetLinkedIn

काठमाडौं, २०७८ भाद्र ३ ।नेपाल सरकार भ्रष्टाचार नियन्त्रणमा अझ बढी प्रतिवद्ध हुन तथा ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ राज्यकै प्रमुख एजेन्डा बन्न जरुरी रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले जनाएकाे छ । नेपालको बढ्दो भ्रष्टाचारको कारण राजनीतिक भ्रष्टाचार र निजी स्वार्थको लागि पदको दुरुपयोग प्रमुख समस्या रहेको भन्ने कुरा Corruption Perception Index र Global Corruption Barometer सर्वेक्षणले इंगित गरेको सन्दर्भमा भ्रष्टाचार नियन्त्रण अझै जरूरी भएकाे ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले जनाएकाे हाे ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले आज आफ्नो स्थापनाको २६ औँ वर्षमा प्रवेशका सन्दर्भमा जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, यो सरकारद्वारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको र कार्यक्रममा कोभिड महामारी नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, सुशासन र सार्वजनिक सेवा आदिलाई उचित प्राथमिकता दिने भन्ने उल्लेख गरिएको छ । यस लगायत अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतकर्ता केन्द्रलाई सशक्त बनाउने, मन्त्रीपरिषद्को सदस्यको आचारसंहिता लागू गर्ने तथा कोभिडसम्बन्धी सामाग्री खरिदमा अनुसन्धान गर्नेजस्ता विषय पनि साझा कार्यक्रममा उल्लेख गरिएका छन् । यी विषयहरू निश्चय नै स्वागतयोग्य कदम हुन् र तिनको सशक्त कार्यान्वयन हुनु पर्दछ भन्ने यस संस्थाको धारणा रहेको छ ।

संस्थाका अध्यक्ष पद्मिनी प्रधानाङ्गद्वारा जारी गरिएकाे विज्ञप्तीमा भ्रष्टाचार नियन्त्रण, सदाचार प्रवद्र्धन, पारदर्शिता र जवाफदेहितामा केन्द्रित रही यस संस्थाले विभिन्न समय र कालखण्डमा नागरिक पहरेदारको भूमिका निर्वाह गर्दै आएको छ । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरोधी गठवन्धन सदस्यका नाताले भ्रष्टाचार विरोधी राष्ट्रिय अभियान नेतृत्व गर्ने यस संस्थाले तिनै तहका सरकार, संसद्, दल, न्यायपालिका, भ्रष्टाचार विरोधी निकाय, निजी क्षेत्र, नागरिक संघ–संस्था, सञ्चारक्षेत्र आदिसँग विगत २५ वर्षदेखि समन्वय र सहकार्य गर्दै शासकीय सुधारमा विशेष पहल गर्दै आएको छ ।

विज्ञप्तीमा, सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम अन्त गर्दै संसद् पुनरस्थापना गरी प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने परमादेश जारी गरेपछि देशमा नयाँ गठबन्धनको सरकार निर्माण भएको तथा सरकारको प्रभावकारिता सेवाप्रवाहमा देखियोस्, राजनीतिक हस्तक्षेप बन्द गरी स्वार्थको द्वन्द्व हुन नदिन उचित ध्यान दिइयोस् भनी यस संस्था सरकारलाई अपिल गर्दछ भनिएकाे छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले विज्ञप्तिमा स्वच्छ निर्वाचनको वातावरण बनाउन, भ्रष्टाचार नियन्त्रणका विधेयक सशक्तरुपमा पारित गर्न, न्यायिक विसंगति नियन्त्रण गर्न, सार्वजनिक खरिद स्वच्छ बनाउन र विपद् तथा महामारी नियन्त्रणमा सर्वपक्षीय प्राथमिकता जुटाउनमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल सरकार, सम्बद्ध पक्षहरूसँग माग गरेकाे छ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ
  • नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे प्रष्टाेक्ति
  • नेपाल वायु प्रदुषणकाे उच्च जाेखिममा
  • पैसा र पदको लागि राजनीति गरेको होइन: स्नेहलता ओनं श्रेष्ठ
  • सहभागितामूलक पुनर्लाभ दिग्दर्शनका लागि छलफल
  • चन्द्रमा बारे १० रोचक तथ्य
  • सप्तकोशी नदी चतरामा सतर्कता तह नजिक

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes